सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार तोकिएकै समयमा निर्वाचन गर्ने तयारीमा लागेको बताएका छन् ।

राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा बुधबार भएको छलफलमा उनले निर्वाचन गर्ने वातावरण बनाउन सरकार लागिरहेको उल्लेख गरे ।

‘तोकिएकै मितिमा चुनाव गर्ने तयारीमा सरकार छ, हामी त्यो वातावरण बनाइरहेका छौँ । राजनीतिक दलसँग हामी निरन्तर संवादमा छौँ,’ उनले भने ।

उनले तोकिएको समयमा निर्वाचन नभएमा मुलुक नयाँ जोखिममा जानसक्ने बताए । निर्वाचनको लागि सरकारले १२३ वटै राजनीतिक दलहरूसँग निरन्तर संवाद गरिरहेको जानकारी दिए ।

निर्वाचनको वातावरण बनाउन सहयोग गर्न राष्ट्रियसभाका सदस्यहरूलाई समेत आग्रह गरे । उनले निर्वाचन सम्पन्न गराउने राष्ट्रियसभा र संसदीय समितिहरूको महत्त्वपूर्ण भूमिका हुने उल्लेख गरे ।

‘सुशासन र भ्रष्टाचार नियन्त्रणको कुरालाई अगाडि बढाइरहेका छौँ । म के अनुरोध गर्न चाहन्छु भने चुनाव हुने बाटोमा मुलुकलाई अगाडि बढाउनुपर्छ । नत्र जोखिम धेरै छन्, हाम्रा अगाडि । यो बाटोमा अगाडि बढाउने कुराहरूमा माननीयज्यूहरूको, सभापतिको महत्त्वपूर्ण भूमिका हुन्छ,’ उनले भने ।

उनले सुशासन र भ्रष्टाचार नियन्त्रणको कामलाई अगाडि बढाइरहेको जानकारी दिए ।

बुधबार, ३ मंसिर, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान