अन्तर्राष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्मानित हुनु भएको छ । उहाँलाई राष्ट्रिय खेल प्रतिभा पुरस्कार तथा सम्मानद्वारा सम्मानित गरिएको हो ।

बैकुण्ठ मानन्धर खेलकुद नेपालले एक कार्यक्रमको आयोजना गरी किर्तिमानी धावक बैकुण्ठ मानन्धरले सम्मानित गर्नुभएको हो । उहाँलाई भव्य कार्यक्रमकाबीच ताम्रपत्र एवं दोसल्ला ओडाएर मानन्धरले सम्मान प्रदान गर्नुभयो । गुरुङले विश्वका विभिन्न राष्ट्रहरुमा आयोजित दौड प्रतियोगिताहरुमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल र नेपालीको गौरव उच्च बनाउनु भएको छ ।

सम्मान ग्रहण गर्दै गुरुङले आफूमाथि जिम्मेवारी थपिएको बताउनुभयो । सोही अवसर पारेर उहाँले नेपालका उदयमान खेलाडिहरुको प्रशिक्षणका लागि जुत्ता, ड्रेस तथा विभिन्न खेलकुद सामाग्री समेत सहयोग प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा वरिष्ठ गीतकार बुद्धवीर लामा, अन्तर्राष्ट्रि भेट्रान धावक रामकृष्ण महर्जन, एथलेटिक्स परिवार नेपालका वरिष्ठ उपाध्यक्ष दीपक रञ्जित, भेट्रान धावक पुष्पलाल श्रेष्ठ, मास्टर एशियन पदक विजेता धर्म महर्जन, स्वयंम्भू एथलेटिक्स ट्रेनिङ सेन्टरका अध्यक्ष एवं प्रमुख प्रशिक्षक रमेश सुनार, महासचिव शैलेन्द्रमान श्रेष्ठ लगायतका खेलक्षेत्रका दिग्गज व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

संखुवासभाका गुरुङ सिंगापुरमा बसेर सामाजिक काममासमेत सम्लग्न रहदै आउनुभएको छ । उहँले खेल क्षेत्रबाट पनि सिंगो समाज र मुलुकलाई परिवर्तन गर्न सकीने भन्दै सामाजिक काममा लाग्ने प्रण पनि गर्नुभयो ।

मङ्लबार, ९ फाल्गुन, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे