सांसद दिपक खड्काले चीनसँग जोडिएको संखुवासभाको उत्तरी सिमानाका किमाथांका खोल्न सरकारसँग जोडदार माग गरेका छन् । आज परराष्ट्रमन्त्री नारायण प्रकाश साउदलाई मन्त्रालयमा पुगेर ज्ञापनपत्र बुझाउदै संखुवासभाको उत्तरी सीमानाका किमाथांकालाई पहिलो प्राथमिकता दिएर खोल्न माग गरेका हुन् ।

खड्कासँगै संखुवासभाका प्रतिनिधि, कोशी प्रदेशका सांसद राजेन्द्र कार्की जिल्ला समन्व समिति संखुवासभाका अध्यक्ष सुमन शाक्यलगायतले संयुक्त रुपमा किमाथांका नाका खोलि दिन सरकारसंग माग गरेका हुन् । नाका बन्द हुँदा किम्माथांकामा भोकमरी फैलन सक्ने भन्दै उन्ले जनताको समस्या बुझेर चाडो नाका खोल्न आग्रह गरे ।

किम्माथांकाबाट खाद्यान्न, नुन, तेल, लत्ताकपडालगायत दैनिक उपभोग्य सामाग्री लिन सदरमुकाम खाँदबारी आईपुग्न एक हप्ता बढी लाग्छ । चीन संग जोडिएको किमांथाका नाका कारोनाको कारण देखाउदै लामो समयदेखि बन्द छ । बन्द हुँदा यहाँ खाद्यान्न संकट पर्दे आएको र बिभिन्न समयमा व्यक्ति र सामाजिक संघ, संस्थाले खाद्यान्न बितरण गर्दे आएकाछन् ।

ज्ञापनपत्र बुझ्दै परराष्ट्र मन्त्री नारायण प्रकाश साउदले किमाथांका नाका खोल्न र सुचारु गर्ने विषयलाई उच्च प्राथमिकता दिने प्रतिवद्धता जनाएकाछन् । मन्त्री साउदले किमाथांका नाका सञ्चालन गर्नेकुरा आफ्नो पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता जनाए । उन्ले किमाथांका नाका ऐतिहासिक नाका भएको र पूर्वको व्यापार व्यवसायलाई प्रत्यक्ष फाइदा पुग्ने नाका भएकाले नाका खोल्ने कुरा पहिलो प्राथमकितामा राख्ने बताए ।

उन्ले नेपाल र चीनबीचको सम्बन्धलाई बढाउन र व्यापार व्यवसाय पनि विस्तार गर्नका लागि किमाथांका नाका सहज र छोटो दूरीको माध्यम बन्ने बताए । उन्ले चीन सरकारसँग नाका खोल्नका लागि आवश्यक पहल गर्ने पनि बताए ।

जिल्लाका प्रतिनिधिहरुले नेपालका लागि व्यवसायिक हिसाबमा चीनसँगको नाकाहरु महत्वपूर्ण भएकाले सबै नाकाहरु खुलाउन समेत पहल गर्न आग्रह गरे । उनीहरूले पहिचानमा रहेका थोरै सीमानाकाहरु मध्ये संखुवासभा जिल्लास्थित उत्तरको नाका किमाथांकालाई खुलाउन विशेष जोड गर्न आग्रह गरेका छन् ।

आइतवार, १० बैशाख, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !