बर्दिवासको घाम बोलको गितमा युवा युवा गायक वाङ छिरीङ भोटियाले सांगितिक फाँटमा अर्को सफलता प्राप्त गरेकाछन् । संखुवासभा भोटखोलका गायक भोटियाले एक पछि अर्को सफलता प्राप्त गर्दे गएकाछन् ।

सानै उमेर देखि सांगितिक फाँटमा लागेका उन्ले थुप्रै गीतमा स्वर दिई सेकाछन् । पछिल्लो गित बर्दिवासको घाम उन्को निकै चर्कीएको छ । पूर्व–पश्चिमको मायाँलाई जोड्दै उक्त भिडियोमा कलाकारहरुले आफ्नो पर्फम जादूगर रुपमा पस्केकाछन् ।

लोकप्रिय गायिका समीक्षा अधिकारी र गायक वाङ छिरीङ भोटियाको स्वर रहेको यो बर्दिवासको घाम बोलको लोकगितको भिडियो सार्वजनिक गरीए पछि चर्चा पनि पाउन थालेको छ । अर्जुन पोख्रेलको शब्द, संगित, एरेन्ज रहेको सार्वजनिक गीतमा प्रथम क्षेत्री, नग्मा श्रेष्ठ, लक्ष्मी श्रेष्ठ र अमर बिष्टको अभिनय देख्न सकीन्छ । भिडियोमा प्रथम ,नग्मा, लक्ष्मी र अमर गज्जबसंग खुलेकाछन् । जहाँ बैशालु उमेरका साथिभाईसंग घुम्दै रमाईलोमा बिताउने समय र प्रेमलाई निर्देशक क्षेत्रीले देखाउन खोजकाछन् ।

डान्सिङशैलीको भिडियोबाट राम्रो प्रतिक्रिया आई रहेको निर्माण युनिटले जनाएको छ । नरेश बीबीसीको मिक्सिङ र मास्टरीङ रहेको सार्वजनिक गीतमा दिनेश पराजुलीको छायांकन र मिन रावलको सम्पादन रहेको छ । सम्पादक रावलले म्युजिक भिडियो सम्पादनबाट पाएको अवसरलाई नेपाली म्युजिक भिडियो क्षेत्रलाई बिकास र सुदृढ गर्ने कार्यमा सदुपयोग गरी रहेकाछन् ।

सन्देशमुलक भिडियो सम्पादकको रुपमा आफ्नो राम्रो पहिचान पनि बनाएकाछन् । तर, यति मिठो स्वरका धनि गायक वाङछिरीङ भोटियालागि अर्को एल्वम र गीत रेकर्ड गर्नु चुनौति बन्ने देखिन्छ । कीन भने स्रोता र दर्शकले रुचाएका कारण उन्ले अर्को गीतको तयारी गर्नु पर्ने देखिन्छ । किन भने समय र दर्शकले उन्लाई साथ दिएको दखिन्छ ।

आइतवार, १९ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे