Trending
संखुवासभाको मकालु गाउँपालिकाले आयोजना गरेको मकालु महोत्सवमा संखुवासभाको मकालु गाउँपालिकामा बिभिन्न क्षेत्रबाट योगदान गर्ने व्यक्तिहरुलाई सम्मानित गरीएको छ । उद्घाटन समारोहकै अवसरमा गाउँपालिकाको तर्फबाट सम्मानित हुनेहरुमा गाउँपालिकालाई एक थान एम्बुलेन्स निःशुल्क उपलब्ध गराउने काठमाडौमा रहेको एट के एक्स्पीडिसन, १६ दिन भित्रै मकालु हिमालको ३ पटक सफल आरोहण गरी विश्व किर्तिमान राख्ने प्रख्यात आरोही लाक्पा शेर्पा,
मकालु गाउँपालिकाबाट मकालु हिमालको सफल आरोहण गर्ने पहिलो महिला याङ्जी शेर्पा, पर्यटन प्रवद्र्धन तथा रोजगारी सिर्जना गर्न महत्वपूर्ण भूमिका रहेको सेभेन समिट ट्रेक, पायोनिर एड्भेन्चर, फोटिन पिक्स एक्सपिडिसन र सेभेन समिट क्लवलाई सम्मानित गरीएको गाउँपालिकामा अध्यक्ष ओङ्दीछिरिङ शेर्पाले जानकारी दिनुभयो ।
संखुवासभा साहित्यिक समाजद्धारा संगीतकार बुलु मुकारुङलाई २० हजार नगद पुरस्कार र भारतीय लेखक रण काफ्लेलाई मकालु साहित्य समाजकोतर्फबाट २१ हजार पुरस्कार प्रदान गरिएको छ । यस्तै जातिय झाँकी प्रस्तुतीकालागि कलाकारहरुलाई पनि सम्मान गरिएको थियो ।सांस्कृतिक प्रस्तुतिसहित गरिएको समारोहमा स्थानीय उत्पादनका स्टलहरु राखिएको थियो ।
स्टलमा चौरीको पुच्छर, राडीपाखी, हस्तकलाका सामाग्री र स्थानीय उत्पादनका परिकारहरु राखिएको थियो । महोत्सव कै अवसरमा अन्तर पालिका स्तरीय भलिबल प्रतियोगिता र कवि गोष्ठीको आयोजना गरिएको छ । विश्वको पाँचौ अग्लो हिमाल मकालु ८ हजार ४ सय ६३ मिटर रहेको छ । सन् १९५५ को मे १५ मा जिन फ्रान्को नेतृत्वको ‘फ्रान्स स्प्रिङ १९५५’ नामक आरोहण दलबाट जिन कोजी र लियोनर टेरी पहिलो पटक मकालुको शिखरमा पुगेका थिए । पछिल्लो समय मकालु हिमाल आरोहण गर्ने आरोहिको संख्या पनि बढ्दै गएको छ ।