Trending
लाक्पा शेर्पाले मकालु हिमालको सातौ पटक आरोहण गरेर नयाँ बिश्व कीर्तिमान कायम गरेकाछन् । नयाँ कीर्तिमान कायम गरेरै छाड्ने धोको बोकेर गएका शेर्पाले अन्ततः कीर्तिमान कायम गरेरै छाडे ।
यस अघि छ पटक मकालु हिमालको सफल आरोहण गरेका शेर्पाले मकालु हिमालको सातौ पटक सफलतापूर्वक आरोहण गरेर कीर्तिमान कायम गरेकाहुन् । मकालु लाक्पाका नामले प्रख्यात युवा आरोहि शेर्पाले संखुवासभामा रहेको मकालु हिमाल ८४८५ मिटर अग्लो हिमाल आरोहण गरेका हुन् ।
लाक्पाको नेतृत्वमा सेभेन समिट ट्रेक्स फिक्सिङ टोलिद्धारा चैत्र २३ गते बेलुकी ४ः४० बजे ८ जनाको शेर्पाको टोलिले सफल आरोहण गरेको हो । यो आरोहण बषन्त ऋतुको पहिलो आरोहण हो । सफल अरोहण गर्ने अन्य शेर्पाहरुमा मिङ्मा दोर्ची शेर्पा,मिङ्मा जाङबु शेर्पा,फुरा छिरीङ शेर्पा,ङीमा दोर्ची शेर्पा, पेम नुरबु शेर्पा, र फुर्वा दोर्ची शेर्पा रहेकाछन् ।
हिमाल आरोहणमा एक पछि अर्को कीर्तिमान कायम राख्दै आएका युवा आरोही उनी मकालु हिमाल आरोहणकालागि नेतृत्व गर्दे त्यसतर्फ गएका थिए । संखुवासभाको मकालु गाउँपालिकाका शेर्पाले पटक पटक मकालु हिमाल आरोहण गरेर एकपछि अर्को कीर्तिमान कायम राख्दै आएकाछन् ।
पछिल्लो पटक मकालु हिमालमा बिदेशी हिमाल आरोहिको संख्या बढाउने उद्धेश्यले उनी मकालु हिमाल तर्फ गएका पनि हुन् । शेर्पा एकमात्र मकालु हिमाल आरोहणको नेतृत्व गर्ने शेर्पा हुन् ।
यस अघि पनि शेर्पाले ६ पटक मकालु हिमाल आरोहणको नेतृत्व गर्दे मकालु हिमालमा बिदेशी पर्यटकलाई आरोहणकालागि आकर्षित गर्दे आएकाछन् । नेपालमै नामचलेको सेभेन समिट ट्रेकबाट निरन्तर आरोहण गर्दे आएका कीर्तिमानी आरोही शेर्पा लुक्ला आउटडोर कम्पनीको ब्राण्ड एम्बेसडरको रुपमा पनि रहेकाछन् ।