भोटखोला युवा सरोकार मञ्चले प्रख्यात हिमाल आरोहिहरुलाई सम्मानित गरेको छ । मञ्चले एक कार्यक्रमकाबीच युवा हिमाल आरोही लाक्पा शेर्पालाईसमेत सम्मानित गरेको छ । संसारका आठहजार माथिका सबै हिमाल आरोहण गर्ने लक्ष्य लिएर बिभिन्न महादेशका हिमाल आरोहण गरी रहेका लाक्पा शेर्पालाई नेपाल पर्वतारोहण संघका अध्यक्ष निमा नुरु शेर्पा र भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले सम्मानित गर्नुभएको हो । सगरमाथा र मकालु हिमाल आरोहणमा निकै दक्खल राख्ने युवा आरोही शेर्पाले बिभिन्न हिमाल आरोहण गरेर कीर्तिमान कायम गरी सकेकाछन् । हिमाल आरोहण निकै कठिन काम भए पनि हिमाल आरोहणबाटै विश्वसामु नेपाल चिनाउन पाउँदा खुशी लाग्ने गरेको उन्ले बताए । मकालु हिमाल आरोहणमा शेर्पाले नेतृत्व गरी रहेकाछन् । उन्ले अफ्रिका र युरोपको अग्लो हिमापनि आरोहण गरी सकेकाछन् । भोटखोला युवा सरोकार मञ्चले सम्मान गरेकोमा आफूलाई अझै हिमाल आरोहणमा उर्जा मिलेको भन्दै हिमाल आरोहणबाटै नेपाललाई बिश्वसामू चिनाउन सकीने पनि शेर्पाले बताए ।

सोमवार, २८ साउन, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !