पूर्वमिस वर्ल्ड मानुषी छिल्लरको नयाँ फिल्म नेपालमा छायांकन गरिएको छ । शक्ति प्रतापसिंहको निर्देशनमा हालै नेपालमा छायांकन गरिएको भिटी १३ (अहिलेका लागि नाम) लाङटाङ, सिन्धुपाल्चोकको जुगल हिमाल सेरोफेरोमा छायांकन गरिएको हो ।

फिल्ममा मानुषीसँगै वरुण तेजको अभिनय छ । फिल्ममा निर्देशक एवं निर्माता फुर्वा शेर्पा नेपालका तर्फबाट लाइन प्रड्युसरका रुपमा जोडिएका छन् । यसअघि थुप्रै अन्तर्राष्ट्रिय प्रोजेक्टमा फुर्वा जोडिसकेका छन् । सिएनएन, नेश्नल जियोग्राफी, एबिसी र लन्डनको स्टोरी टेलर्स प्रोडक्सन कम्पनीका लागि काम गरिसकेका फुर्वा नेपालमा फिल्म छायांकन गर्न फिल्मकर्मीहरु आकर्षित हुन थालेको बताउँछन् ।

‘नेपाली फिल्महरु विदेशमा छायांकन गर्न गइरहेका हुन्छन् । तर, अहिले नेपालको प्राकृतिक सौन्दर्य, संस्कृति र सम्पदाले विदेशी फिल्मकर्मीलाई आकर्षित गरिरहेको छ । त्यसैले पछिल्लो समय विदेशीहरु हाम्रो देशमा फिल्म छायांकन गर्नलाई आइरहेका छन्,’ फुर्वाले भने, ‘नेपाल छायांकन स्थलको रुपमा चर्चित बनिरहेको छ ।’

‘भी १३’ मा नेपालका सुन्दर हिमालका दृश्यहरु खिचिएको फुर्वाको भनाइ छ । यसअघि फिल्म छायांकनकै लागि बलिउड अभिनेत्री परिणिती चोपडा, बोमन इरानी र अनुपम खेर नेपाल आएका थिए ।

शनिबार, ११ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे