file photo

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले चलचित्र क्षेत्रलाई नरम कुटनीतिको रुपमा चित्रण गर्नुभएको छ ।

नेपाली चलचित्र अन्तर्राष्ट्रिय महोत्सव (निफ) को समापन समारोहलाई सम्बोधन गर्दै उहाँले चलचित्र क्षेत्र भनेको हरेक देशको नरम कुटनीति सम्बन्ध स्थापित गर्ने माध्यम भएको बताउनुभएको हो । उहाँले समाज र देशको सबैभन्दा स्पष्ट ऐना चलचित्र भएकाले यसको विकास गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

मन्त्री किराँतीले साहित्य, कला, गीत, संगीत र प्रविधिको माध्यमबाट देशलाई चिनाउने चलचित्र क्षेत्र फरक फरक देशबीचको कुटनीतिक सम्बन्ध, सामाजिक र सांस्कृतिक सम्बन्धलाई स्थापित गर्ने माध्यम भएको बताउनु भयो । उहाँले हिन्दी, चिनियाँ र अंग्रेजी जस्तै नेपालमा पनि फिल्म निर्माताहरुले उत्कृष्ट चलचत्रिहरु दिन आवश्यक रहेको बताउनु भयो ।

मौलिक संस्कृति, इतिहास, समाज र प्रकृतिको सम्पदामाथि फिल्म बनाउन मन्त्री किराँतीले आग्रह गर्नुभयो । उहाँले चलचित्र क्षेत्रको विकास गर्नसके आर्थिक स्थिति पनि सुधार बताउनुभयो ।

त्यस्तै नेपाली चलचित्र अन्तर्राष्ट्रिय महोत्सव (निफ) का अध्यक्ष केपी पाठकले नबोलीकल हेरेर समाज रुपान्तरण गर्ने माध्यम भनेको चलचित्र रहेको बताउनुभयो । उहाँले सिनेमाका माध्यमबाट देशको आर्थिक उन्नती हुने बताउनुभयो ।

अध्यक्ष पाठकले नेपालमा भएका एयरलाइन्सहरुमा जहाज उड्दा विदेशी सिनेमा हेर्नुपर्ने अवस्था रहेको भन्दै जहाजमा नेपाली चलचित्रहरु देखाइनुपर्ने बताउनुभयो ।

अध्यक्ष पाठकले नेपालबाट उड्ने एयरलाइन्सले वर्षको ५ वटा सम्म सिनेमा किन्ने वतावरण बनाइदिन मन्त्री किराँतीलाई आग्रह गर्नुभयो ।

मङ्लबार, ७ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा