यस वर्षको ९५औँ ओस्कार अवार्डमा ‘एभ्रिथिङ एभ्रिह्वेर अल एट वन्स’ सर्वोत्कृष्ट चलचित्र घोषित भएको छ । अवार्डमा मौलिक पटकथा र निर्देशकसहित सात विधामा यो चलचित्रले पुरस्कार जितेको हो ।

भारतीय चलचित्र ‘आरआरआर’को ‘नाटु नाटु’ गीतले सर्वश्रेष्ठ गीतको अवार्ड हात पारेको छ । त्यस्तै सर्वश्रेष्ठ ध्वनिमा ‘टपगन माभेरिक’, सर्वश्रेष्ठ एडप्टेड स्क्रिनप्लेमा ‘वुमन टकिङ’ (सारा पोली), सर्वश्रेष्ठ मौलिक पटकथामा ‘ड्यानियल क्वान’ र ‘ड्यानियल स्किनर्ट’, सर्वश्रेष्ठ भिजुअल इफेक्ट ‘अवतार द वे अफ वाटर’ले हात पारेको छ ।

अवार्डमा मिसेल योह उत्कृष्ट अभिनेत्रीको ओस्कार जित्ने पहिलो एसियाली कलाकार हुनुभएको छ । ‘एभ्रिथिङ एभ्रिह्वेर अल एट वन्स’मा गर्नुभएको चरित्रबाट मलेसियाली अभिनेत्री योहले यो अवार्ड हात पार्नुभएको हो । त्यस्तै सर्वश्रेष्ठ ओरिजिनल स्कोर र सर्वश्रेष्ठ प्रोडक्सन डिजाइनमा ‘अल क्वाइट अन द वेस्टर्न फ्रन्ट’ तथा सर्वश्रेष्ठ डकुमेन्ट्री सर्ट फिल्ममा ‘द एलिफेन्ट विह्स्पर्स’ले अवार्ड हात पारेका छन् ।

मङ्लबार, ३० फाल्गुन, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !