भारतीय अभिनेता एवं निर्देशक सतीश कौशिकको ६६ वर्षको उमेरमा निधन भएको छ।

अभिनेता अनुपम खेरले ट्वीटमार्फत आफूले प्रिय साथी गुमाएको भन्दै उनको निधनको पुष्टि गरेका हुन्। उनले आफूसँगको ४५ वर्षको मित्रतामा पूर्णविराम लागेको उल्लेख गरेका छन्।

दिल्लीको गुरुग्राममा आफन्त भेट्न गएका कौशिलाई ह्दयघात भएको थियो। ह्दयघातभएपछि उनलाई दिल्लीको फोर्टिस अस्पताल लगिएको थियो। उनको त्यहाँ निधन भएको हो। र, पोष्टमार्टमका लागि मुम्बई ल्याइने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

सन् १९६५ अप्रिल १३ मा हरियाणामा जन्मेका कौशिक अभिनय, व्यंग्य, पटकथा लेखन, निर्देशन र फिल्म निर्माणमा समेत चर्चित थिए। बलिउडमा आउनुअघि उनले नाट्यशालाहरुमा अभियन गर्थे। कौशिकले अभियन गरेका मिस्टर इन्डिया, दिवाना मस्ताना चर्चित फिल्म हुन्।

रूप के रानी चोरोंका राजा फिल्मबाट निर्देशनमा आएका कौशिकले हम आपके दिलमे रहेते है, तेरे नामजस्ता चर्चित फिल्म निर्देशन गरेका थिए। कौशिका पत्नी र एक छोरी छन्।

बिहिबार, २५ फाल्गुन, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान