एकैदिन जुधाएर ओपनिङ भएका २ प्रतिक्षारत चलचित्र दिपकराज गिरिको छक्कापञ्जा ४ र अनमोल केसी छड्के २ को पहिलो दिने अकुपेन्सी हेर्दा गिरिले केसीलाइ सुलुत्तै निलेका छन् । छक्कापञ्जा ४ हेर्न भीड लागेको छ भने छड्के २ मा दर्शक पाउन हम्मेहम्मे परेको छ ।

‘छक्कापञ्जा ४’ले घरेलु बक्स अफिसमा पहिलो सप्ताहन्त आक्रामक ओपनिङ गर्ने देखिएको छ । शुक्रबार मध्यान्हपछि फिल्मको अकुपेन्सीले गति लिएको छ । मुलुकका प्रमुख मल्टिप्लेक्स चेनदेखि सिंगल स्क्रिनमा समेत अपरान्ह, बेलुका र रात्रि शोहरु शतप्रतिशत खचाखच हुने देखिएको छ ।

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला, केदारप्रसाद घिमिरे, राज आचार्यलगायत दर्शकलाई भेट्न हलहलमा पुगिरहेका छन् । फिल्म हेरेका दर्शकसँग प्रतिक्रिया पुग्नेदेखि मिट एण्ड ग्रीटमा उनीहरु व्यस्त देखिएका छन् । फागु पूर्णिमापछि मोफसलका हल दौडाहामा गएर दर्शक भेट्ने उनीहरुको तयारी छ ।

अपरान्हसम्मको अकुपेन्सी ट्रेण्ड हेर्दा अनमोल केसी स्टारर ग्याङस्टर फिल्म ‘छड्के २’लाई ओपनिङमा सकस देखिएको छ । क्यूएफएक्सले फिल्मलाई ४० शो उपलब्ध गराएपनि अकुपेन्सी १० प्रतिशत हाराहारीमा देखिन्छ जुन अपेक्षा गरिएअनुसार होइन । माइकल जोर्डन स्टारर हलिउड फिल्म ‘क्रिड ३’को ओपनिङ पनि निकै कमजोर छ ।

 

आइतवार, २१ फाल्गुन, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !