पाँच वर्षअघिको चर्चित फिल्म ‘हरि’ फेम्ड निर्देशकद्वय सफल केसी र प्रतीक गुरुङको निर्देशकीय पुनरागमन पक्का भएको छ । यी दुईको निर्देशनमा कमेडी फिल्म ‘चलचित्र’ बन्ने भएको छ ।

शुक्रबार फिल्मका प्रमुख कलाकारमा विपिन कार्की र अर्पण थापा अनुबन्धित भएका छन् । निकुन श्रेष्ठ र सुशान्त श्रेष्ठले मिलेर निर्माण गर्ने फिल्मलाई मनराम ग्रुप र मन प्रोडक्सनको ब्यानरमा बनाउन लागिएको हो । सहनिर्माण कम्पनीमा रेजोनेटिङ पिक्चर्स रहेको छ ।

नेपालमा फिल्म बनाउन फिल्ममेकरले गर्ने संघर्षको कथावस्तुमा बन्न लागेको फिल्मलाई निर्देशकद्वयले नै लेखेका हुन् ।

सन् २०१८ मा रिलिज भएको निर्देशकद्वयको अघिल्लो फिल्म ‘हरि’लाई समीक्षकले रुचाएका थिए । कथा भन्ने भिन्न शैलीको कारण यी दुई निर्देशक चर्चित पनि छन् । अहिले प्रि–प्रोडक्सनमा काम भइरहेको यो फिल्मलाई आगामी चैतदेखि छायांकनमा लैजाने तयारी रहेको निर्माता निकुनले जानकारी दिनुभयो ।

यो फिल्म गत नोभेम्बरमा भारतको धर्मशालामा आयोजित साउथ एसिया फिल्म ल्याबमा छनोट भइसकेको छ भने त्यहाँ फ्रान्सको ‘प्रोड्युर अउ सुड’को डेभलपमेन्ट वर्कसपमा पनि सहभागी भएको थियो । फिल्मले विपिन र अर्पणबाहेकका अन्य ८० पात्रको लागि अडिसन आयोजना गर्दैछ ।

सन् २०१९ मा स्थापना भएको मन प्रोडक्सनले अडियो भिजुअल माध्यममार्फत मानिसलाई मनोरञ्जन गर्न मात्र नभई उनीहरूलाई ज्ञान साझा गर्न र उनीहरूलाई शिक्षित गर्ने उद्देश्यका साथ स्थापना गरिएको जनाइएको छ । अन्तर्राष्ट्रिय फेस्टिभलभन्दा घरेलु फिल्मका दर्शकलाई लक्षित गरी गुणस्तरीय फिल्म बनाउने आफूहरुको उद्देश्य रहेको निर्माताद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसले विश्व फिल्म बजारमा आफ्नै स्थान बनाउने समेत उल्लेख छ ।

शुक्रबार, ६ माघ, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो