मानवता प्रवद्र्धनका लागि आज शनिबार काठमाडौंको भृकुटीमण्डपमा ‘नेपथ्य लाइभ कन्सर्ट’ हुँदैछ । उक्त कन्सर्टको तयारी पूरा भएको आयोजक मानवसेवा आश्रमले जानकारी गराएको छ ।

काठमाडौंको रानीवनस्थित मानवसेवा आश्रममा हिजो आयोजित नेपथ्य व्याण्डका मुख्य गायक अमृत गुरुङ्सँगको चियापान तथा भेटघाट कार्यक्रममा आश्रमका अध्यक्ष रामजी अधिकारीले उक्त कुरा जानकारी गराउनु भएको थियो ।

अध्यक्ष अधिकारीले अन्य नौ शहरमा भव्यताका साथ सम्पन्न भएको उक्त कार्यक्रम आज शनिबार भृकुटीमण्डपमा अन्तिम कन्सर्टमा रुपमा मुलुकका विशिष्ट व्यक्तिसहित झण्डै ६ हजार दर्शकको उपस्थिति आयोजना हुने बताउनुभयो ।

उहाँले सङ्गीतमार्फत मानवता प्रवद्र्धन गरी सडकआश्रित बेसहारा व्यक्तिहरुलाई सडकको चिसो छिँडी र सडकपेटीहरुमा बस्नुपर्ने अबस्थाको अन्त्यका लागि समाजमा सचेतना जगाउन एक महिने सङ्गीत अभियान चलाइएको पनि जानकारी दिनुभयो ।

उक्त समारोहमा नेपथ्य व्याण्डका प्रमुख गायक अमृत गुरुङले आश्रमले जे काम गरिरहेको छ, त्यो काम धेरै मान्छेले गर्न नसक्ने बताउनुभयो । उहाँले यो काम कसैले गरिदिए हुन्थ्यो भनेर विगतदेखि नै आफूले सोचेको अन्तत आश्रमले गरेको थाहा पाएर खुसी लागेको बताउनुभयो ।

उहाँले धन हुनेसँग भन्दा मन हुनेसँग मानवता रहेको उल्लेख गर्दै आश्रमको अभियानमा जे सकिन्छ सहयोग गर्न अनुरोध पनि गर्नुभयो । काम गर्नेहरुलाई प्रश्न उठ्ने भएकाले कसैले प्रश्न गर्दैमा नहिच्किचाइकन अभियान अघि बढाउन आग्रह गर्नुभयो ।

 

 

 

 

शनिबार, १६ पुस, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो