चलचित्र विकास बोर्डले यूएईको दुबईमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव गर्ने भएको छ । निजी क्षेत्रको सूर्य कर्पोरेसनसँग मिलेर बोर्डले पहिलोपटक विदेशमा कार्यक्रम गर्न लागेको हो । महोत्सव फागुन १ देखि ३ गतेसम्म हुनेछ ।

बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोर्ड अध्यक्ष भुवन केसीले विदेशी बजारको खोजी गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको बताए ।

नेपालबाट नजिक पनि भएको र लागत पनि सस्तो पर्ने भएकाले दुबईलाई महोत्सवस्थलको रुपमा रोजिएको उनले बताए । पत्रकार सम्मेलनमा बोर्ड अध्यक्ष केसी र सूर्य कर्पोरेसनका कार्यकारी अधिकृत वासुदेव लामिछानेले एमओयूमा हस्ताक्षर गरे ।

डेढ करोड खर्च हुने महोत्सवको व्यवस्थापन कर्पोरेसनले गर्ने सहमति जुटेको छ । यसअघि उसले जापानमा दुईपटक अवार्ड गरिसकेको छ ।

महोत्सवमा भाग लिन ३५ जनाको टोली दुबई जाने भएको छ । फेस्टिभलमा अरबी भाषामा नेपाली फिल्म देखाउनेसँगै यूएईका व्यवसायी र फिल्म निर्मातासँग अन्तरक्रिया कार्यक्रम समेत हुने जनाइएको छ ।

नेपाललाई विदेशी फिल्म छायांकन केन्द्रको रुपमा स्थापना गर्नेदेखि नेपाली फिल्मलाई यूएईका हलमा नियमित प्रदर्शनको वातावरण बनाउन महोत्सव प्रभावकारी हुने आशा बोर्डले लिएको छ ।

यूएईपछि अन्य अन्तर्राष्ट्रिय फिल्म बजारमा महोत्सव आयोजनाको तयारी भइरहेको अध्यक्ष केसीले बताए । केही समयअघि आफूले अमेरिका, अष्ट्रेलिया र यूएईका राजदूतलाई भेटेर यसबारे जानकारी दिएको र उनीहरु पनि सहयोग गर्न तयार रहेको आश्वासन पाएको केसीले बताए ।

सरकार–सरकारबीच जीटूजी स्तरमा पनि कार्यक्रम गर्न सकिने सम्भावनाबारे अध्ययन भइरहेको केसीले जनाए । वार्षिक कार्यक्रम अन्तर्गत रहेर सञ्चार मन्त्रालयको अनुमतिमा फेस्टिभल गर्न लागिएको बोर्डले जनाएको छ ।

 

बिहिबार, १४ पुस, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो