आईतबारबाट काठमाडौंमा १० औं नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु भएको छ ।

सामाजिक न्याय र मानवअधिकारलाई प्रश्रय गर्ने उद्देश्यले सुरु भएको यो महोत्सब यतिबेला काठमाडौंको नेपाल पर्यटन बोर्डको हलमा चलिरहेको छ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महोत्सवको उद्धघाटन गरेका हुन् । ‘जलवायु परिवर्तन र पर्यावरण न्याय’ को नारासहित आयोजना भएको महोत्सव पुस ६ सम्म चल्ने छ ।

उद्धघाटन समारोहमा सुभशन्ध्या ब्यान्डले सांगीतिक प्रस्तुती पनि दिएको थियो । उद्घाटन समारोहमा बोल्दै आयोगका अध्यक्ष मगरले दुर्गम तथा पछाडि पारिएका सीमान्तकृत मानिसलाई मानवअधिकार’दयगत बुझाउनु आवश्यक रहेको बताए ।

‘दूरदराजमा मानिसलाई मानव अधिकारको शिक्षा प्रदान गरेर मानव अधिकार भनेको भन्ने कुरा जानकार गराउँनु पर्छ । मानव अधिकारको शिक्षा प्रदान गर्ने शसक्त माध्यम नै सिनेमा हो । त्यसैले मानव अधिकारको सन्देश प्रवाह गर्न यस महोत्सवले महत्पूर्ण भूमिका निर्वाह गर्न सक्छ’, उलने भने ।

राष्ट्रिय मानव अधिकार आयोगले पनि मानव अधिकार सम्बन्धी छोटो फिल्म निर्माण गरेर अधिकारको सन्देश प्रवाह गर्दै आइरहेको उनले बताए ।

नेपालमा मानव अधिकार स्थापनाको लागि एक दशक अघिबाट यो महोत्सब सुरु गरिएको महोत्सवका अध्यक्ष अरुणदेव जोशीले बताए । उनका अनुसार महोत्सवमा प्रत्येक दिन चलचित्रहरु प्रदर्शनपछि मानव अधिकारकर्मी, चलचित्र पारखी एवं कलाकर्मीहरुबीच चलचित्र र मानव अधिकारको विषय अन्र्तक्रिया पनि गरिने छ ।

महोत्सवमा विश्वभरीबाट खुल्ला आवेदनबाट संकलन गरिएका कथानक चलचित्र, वृत्तचित्र, एनिमेसन लगायतका नेपालसहित २५ देशका ६४ वटा चलचित्रहरु चयन भएका छन् । महोत्सवको उद्घाटनमा शान्ता नेपाली निर्देशित वृत्तचित्र ‘क्लाईमिङ ट्याम्पेचर्स, टप अफ द वल्र्ड’ देखाइयो ।

यस्तै महोत्सवमा ‘लुकेरा बसेका कथाहरुलाई कसरी वृत्तचित्रमा प्रस्तुत गर्ने रु’ भन्ने विषयमा मास्टर क्लासको आयोजना गरिने भएको छ । मास्टर क्लास भारतीय वृत्तचित्र निर्देशक अनिर्वाण भट्टचार्यले दिने छन् । त्यस्तै महोत्सवमा ‘जल वायु परिवर्तन र न्याय सम्बन्धी’ विषयमा मानव अधिकारकर्मी, जलवायुसम्बधी विज्ञ, चलचित्रकर्मीहरुसँग प्यानल छलफल पनि राखिएको छ ।

महोत्सवमा नेपालबाट निर्देशक अभिनाष विक्रम शाह, भातरबाट लेखक तथा निर्देशक अनिर्वाण भट्टचार्य, कोरियाबाट मावन अधिकार अभियान्ता तथा महोत्सव निर्देशक सु–ली दिलबर र इजरायलबाट लेखक तथा निर्देशक ओश्रा स्वार्ज रेम जुरीको रुपमा रहेका छन् ।

मानव अधिकार चलचित्र केन्द्रले आयोजना गरेको महोत्सवमा प्रर्दशन गरिने चलचित्रलाई चार विधाका उत्कृष्ट चलचित्रलाई नगद सहित अवार्ड प्रदान गरिने छ । त्यस्तै महोत्सवमा एकजना उत्कृष्ट नेपाली महिला निर्देशकलाई अवार्ड प्रदान गरिने छ ।

महोत्सवको सह–आयोजकको रुपमा राष्ट्रिय मानव अधिकार आयोग रहने छ । महोत्सवको समापन समारोहमा दिपक रौनियार निर्देशित सर्ट फिल्म ‘फोर नाइट्स’ प्रदर्शन गरिनेछ ।

बुधबार, ६ पुस, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे