काठमाडौँ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (किम्फ)मा नेपाल पानोरमातर्फ इङ्गी होपो कोनिच सुनुवार निर्देशित ‘सेनाको चेली’ र पिङ्की श्रीश रानाको ‘हजुर’ले संयुक्त रूपमा स्पेसल मेन्सन अवार्ड प्राप्त गरेका छन् ।

यस पटकको किम्फमा विद्या चापागाईं र कमलकुमारको ‘बाघको बङ्गारा’ले अडियन्स च्वाइस अवार्ड प्राप्त ग¥यो ।यस्तै अन्तर्राष्ट्रिय खण्डतर्फ क्यानडाको ‘फार बियोन्ड द पास्चरल्यान्ड्स’ र अमेरिकाको ‘कुमारी स् अ फादर्स ड्रिम’ले स्पेसल मेन्सन अवार्ड प्राप्त गरे । अन्तर्राष्ट्रिय खण्डतर्फ बेलायती निर्देशक ह्युगो साउन्डर्स निर्देशित ‘द सेकेन्ड समिट’ फस्ट च्वाइस, स्विट्जरल्यान्डका निर्देशकद्वय लिजा रोसिल र क्यारेलिन फ्लिङ्क निर्देशित ‘सोफी लाभौड स् लेडी ८०००’ सेकेन्ड च्वाइस र फ्रान्सेली निर्देशक म्याथ्यु लेले निर्देशित ‘अ ह्वाइट ड्रिम’ थर्ड च्वाइस घोषित भए ।

नेपाल पानोरमा खण्डतर्फ सूर्य शाही निर्देशित ‘ह्विल्स अन द बस’ सर्वोत्कृष्ट फिक्सन घोषित भयो । अनिल बुढामगर निर्देशित ‘द आइरन डिगर’लाई सर्वोत्कृष्ट डकुमेन्ट्री घोषणा गरियो ।

यस पटकको किम्फमा माइकल पज, जिन्ना ली र किरणभक्त जोशी जुरीका रूपमा हुनुहुन्थ्यो । पाँच दिनसम्म राष्ट्रिय सभागृह र पर्यटन बोर्डमा चलेको फेस्टिभलको अन्तिम फिल्मचाहिँ अस्ट्रेलियाली निर्देशक जोय कार्टरको ‘फ्लाई फर्म एभरेस्ट’ बन्यो ।

हिमाल एसोसिएसनको आयोजना र काठमाडौँ महानगरको सहआयोजनामा भएको फेस्टिभलको बीसौँ संस्करणमा यस पटक ३० मुलुकका ६० चलचित्र स्क्रिनिङ भएका हुन् । पर्वत, पर्वतीय संस्कृति, वातावरण र मानव अधिकारको कथावस्तुमा बनेका फिल्म प्रदर्शन गरिएको किम्फको यस पटकको नारा ‘दिगो आरोहण’ थियो ।

हिमाल एसोसिएसनका अध्यक्ष वसन्त थापाले फेस्टिभललाई निरन्तरता दिनु चुनौतीपूर्ण भए पनि दर्शकीय उपस्थितिले उत्साह थपेको बताउनुभयो ।

 

बुधबार, २८ मंसिर, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो