नायक पल शाहमाथि लागेको बलात्कारको मुद्दामाथिको सुनुवाइ पाँचौँ पटक स्थगित भएको छ ।

नाबालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेर थुनामा रहेका शाहमाथिको सुनुवाइ आइतबार स्थगित भएपछि पुस ११ गते पेसी तोकिएको तनहुँ जिल्ला अदालतका सूचना अधिकारी हरिश्चन्द्र गौतमले जानकारी दिनुभयो ।

शाहको मुद्दामा आइतबार सुनुवाइ हुने भनिएको थियो । तर त्यस दिन न्यायाधीश हरिश्चन्द्र ढुङ्गाना अनुपस्थित हुनु भएकाले सुनुवाइ हुन सकेन । अभिनेता शाहमाथि जिल्ला अदालत नवलपुरमा पनि मुद्दा थियो । तर नवलपुरले भदौ २१ गते शाहलाई बलात्कारको आरोपमा सफाइ दिँदै बाल यौन दुर्व्यवहारका अभियोगमा साढे २ वर्षको कैद सजाय तोकेको छ ।

त्यसविरुद्ध पलले उच्च अदालत पोखरामा निवेदन दिनुभएको छ । गत फागुन ११ गते बालिकाका बुबाले आफ्नी बालिका छोरीमाथि शाहले पटक पटक जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिनु भएको थियो ।

शाह फागुन १५ गते उक्त प्रहरी कार्यालयमा आफैँ सम्पर्कमा आउनुभएको थियो । पहिले जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिएपछि पीडित भनिएकी बालिका र उहाँका बुबाले समेत दुवै अदालतमा बलात्कार हैन भनी बयान फेरेकाले यो मुद्दालाई चासोका साथ हेरिएको छ ।

मङ्लबार, २७ मंसिर, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !