नेपालको प्रतिनिधित्व गर्दै मिसेस वर्ल्डमा भाग लिन दीक्षा केसी अमेरिका प्रस्थान गर्नुभएको छ । अमेरिकाको लस भेगासमा ‘डिसेम्बर १७’ मा हुने मिसेस वर्ल्डको फिनालेमा भाग लिन उहाँ अमेरिका प्रस्थान गर्नुभएको हो ।

‘वाईवाई मिसेस नेपाल’ वर्ल्डकी विजेतासमेत रहनुभएकी केसीले मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्दै आउनुभएको छ । अमेरिकामा पनि उहाँले यसैसँग सम्बन्धित आफ्नो प्रोजेक्ट प्रस्तुत गर्नुहुने जनाइएको छ ।

यस्तै, उहाँले सुपि रसाइली तथा मनिष राईले तयार पार्नुभएको राष्ट्रिय पोसाकदेखि अन्य आकर्षक पहिरनमा आफूलाई प्रतियोगितामा उतार्नुहुनेछ । स्टेला द मेक अप स्टुडियोको शृङ्गारमा सजिने दिक्षालाई अमेरिकामै बसोबास गर्दै आउनुभएकी चर्चित मेक–अप आर्टिष्ट सोफी सुनवारले मेक–अप गर्ने जनाइएको छ ।

मिसेस वर्ल्ड विवाहित महिलाहरुका लागि हुने सौन्दर्य प्रतियोगिता हो । प्रतियोगितामा अमेरिका, युरोप, एसिया, अफ्रीका, अस्ट्रेलियालगायत ६० भन्दाबढी राष्ट्रका महिलाहरूको सहभागिता हुने आयोजकले जनाएको छ ।

उहाँले संसारमाझ गौतम बुद्धको देश नेपालाई चिनाउनका लागि श्री गणेश सुनचाँदी पसलबाट उपहारस्वरूप प्राप्त भएको बुद्धको स्तुपालाई उपहार स्वरूप आयोजकलाई प्रदान गर्नुहुनेछ ।

आइतवार, २५ मंसिर, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !