अभिनेता तथा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी फेरि विवादमा फसेका छन् । शुक्रवार दिउँसो अध्यक्ष केसीले हलहरुले विश्वकपका खेल देखाए कारबाही गर्ने भन्दै पत्र काटेपछि उनी फेरि विवादमा फसेका हुन् ।

गत ३० नोभेम्बरमा बोर्ड मातहतकै बक्सअफिस विभागले इमेलमार्फत विश्वकप देखाउनका लागि प्रदर्शकलाई वितरण र मुभी कोड पठाएको थियो । तर, शुक्रवार अध्यक्ष केसीले विश्वकप नदेखाउन भन्दै चेतावनीयुक्त पत्र काटेपछि अहिले बोर्डको विरोध सुरु भएको छ ।

हल सञ्चालक र वितरकको छाता संस्था नेपाल चलचित्र संघका महासचिव नरेन्द्र महर्जनले बोर्डको निर्देशन नमान्ने बताए । ‘पहिला विदेशी फिल्मसरह कर बुझाएर विश्वकप देखाउन अनुमति दिने अहिले नदेखाउन चेतावनी दिन्छ भने त्यो नियम किन मान्ने रु’ महर्जनले प्रतिप्रश्न गरे । विश्वकप देखाउँदा आउने जुनसुकै परिस्थितिको सामना गर्न आफूहरू तयार रहेको भन्दै महर्जनले विश्वकप हलले देखाउने बताए ।

त्यस्तै चलचित्र संघका पूर्वमहासचिव तथा प्रदर्शन अशोक शर्माले पनि बोर्डले अहिले गरेको निर्देशन नमान्ने बताए । ‘पहिले देखा भनेर टिकट बेच्न लगाउने, अहिले नदेखा भन्दा अप्ठ्यारो पर्छ । यो कुरो राम्रो होइन’, शर्माले भने ‘हलवालाले नेपालको राइट किनेकोसँग कुरा गरेर, देखाउनका लागि विकास बोर्डसँग कोर्ड पनि प्राप्त गरेका छन् । त्यसमा हलको के गल्ती भयो र रु’ । बोर्डले कोड दिएपछि टिकट बेचेको बताउँदै शर्माले अहिले नदेखा भन्नु केटाकेटी पारा भएको धारणा राखे ।

‘विश्वकप हलले देखाउन मिल्दैन भने पहिलै कोड नदिएको भए हुन्थ्यो । कोड नभए हलले देखाउँदैन थिए । वल्र्डकप सुरु भएको यतिका समय नदेखाएर पनि भयो’, शर्माले अगाडि थपे, ‘देखाउन सबै व्यवस्था गर्ने, हलले टिकट बेच्ने भनेको विकास बोर्डको कोर्ड आएपछि हो । टिकट बेचिसकेपछि अहिले नदेखा भन्न मिल्दैन ।’ हलले अहिले विश्वकप देखाउने र आइतबार अफिस खुलेपछि जे हुन्छ त्यही फेस गर्ने शर्माको धारणा रहेको छ ।

यसअघि पनि केसी पटक पटक विवादमा तानिने गरेका थिए ।

शनिबार, २४ मंसिर, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो