Trending
नेपाली फिल्म निर्माताहरूको छाता सङ्गठन नेपाल चलचित्र निर्माता सङ्घको कार्यसमितिमा निर्माता तथा अभिनेताद्वय दीपकराज गिरी र रवीन्द्रसिंह बानियाँ मनोनीत हुनुभएको छ ।
निर्माता गिरीले छक्का पञ्जा सिरिजमार्फत नेपाली बक्सअफिसमा आफूलाई सफल बनाइसक्नुभएको छ । यस्तै निर्माता बानियाँ पनि लगातार फिल्ममार्फत सफलता हात पारिरहनुभएको छ । उहाँको निर्मित चौथो फिल्म ‘महापुरुष’ प्रदर्शनरत छ भने रु १० करोड बढीको कलेक्सन घरेलु बक्सअफिसमै गरिसकेको छ । सङ्घको मङ्गलबार बसेको कार्यसमिति बैठकले उहाँ दुईलाई कार्यसमिति सदस्यमा मनोनीत गरेको अध्यक्ष नवल खड्काले जानकारी दिनुभयो ।
सङ्घले हालै सम्पन्न निर्वाचनमा प्यूठानबाट प्रदेशसभा सदस्यमा निर्वाचित फिल्म निर्माता रोज राणा र धादिङबाट प्रदेशसभामा निर्वाचित अर्का निर्माता मधुकुमार श्रेष्ठलाई बधाई ज्ञापनसमेत गरेको छ ।