विश्वकप २०२२ को फाइनलमा पुगेको टोली फ्रान्सका तीन खेलाडी अस्वस्थ भएका छन्।

आइतबार हुने खेलमा उपाधिका लागि अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्न लागेको टोलीका राफेल वरान, इब्राहिम कोनेट र किंग्स्ली कोमान खेल अगाडि अस्वस्थ भएका हुन्।

खेलाडी चिसोका कारण अस्वस्थ भएको अनुमान स्वास्थ्य टोलीले गरेको छ। तीनैजना खेलाडी बिहीबार र शुक्रबारका प्रशिक्षणमा पनि सहभागी हुन सकेका थिएनन्। कोमान मोरक्कोसँगको सेमिफाइनल खेलमा सब्स्टिच्युट खेलाडीको रूपमा रहेका थिए।

जो मैदानमा उत्रिएनन् भने वरान र कोनेट फ्रान्सको मुख्य डिफेन्सको रूपमा खेल्दै आएका थिए। फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पले वरान र कोनेटको स्वास्थ्यले आफूहरूलाई चिन्तित बनाएको जनाएका छन्।

साबिक विजेता फ्रान्स यो पटक उपाधि रक्षा अभियानमा रहेको छ। जहाँ फाइनलमा उसको भेट दुई पटकको विश्व विजेता अर्जेन्टिनासँग हुँदैछ।

शनिबार, २ पुस, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !