Trending
ज्याम्चाङ भोटे संखुवासभा भोटखोलाका युवा पर्यटन व्यवसायी । पहिले संखुवासभाको भोटखोलामा पनि चिन्ने उन्लाई थोरै थिए । तर, अहिले उन्लाई काठमाडौको पर्यटन व्यवसायीले मात्र हैन, युरोपेली मुलुकका पर्यटन व्यवसायीले पनि मज्जाले चिन्छन् । त्यहि भएर भोटेले बर्षेनी युरोपको नर्वे, फ्रान्स, जर्मनी, स्वीजरल्याण्डलगायतका मुलुकमा पुगेर त्यहाका पर्यटन व्यवसायीलाई हिमाल आरोहण गर्ने काममा व्यस्त हुन्छन् ।
ईन्टरनेशनल पर्यटन गाईडको रुपमा उन्को यो छवी भने त्यसै बनेको हैन । संखुवासभाको सदरमुकाम खाँदबारीबाट चारपाँच दिनको पैदल यात्राबाट उन्को घर भोटखोला पुग्नु पर्ने बाध्यता थियो त्यो बेला । हिमाली क्षेत्र भएर अन्न उत्पादको नाममा आलु, फापर, कोदोमा गुजारा गर्नु पर्दथ्यो । चामल अर्थात खाद्यान्न नुन, तेल लगायतका दैनिक उपभोग्य सामाग्री लिन चारपाँच दिनको पैदल हिडेर खाँदबारी झर्नु पर्दथ्यो । नुन लिन त झन धनकुटाको हिले र धरान सम्म पुग्नु पर्दथ्यो । त्यहि परिवेशमा दुख गरेर हुर्केका ज्याम्चाङ भोटेको गाउ भोटखोला पुग्न अहिले भने बिस्तारै सडक बन्दैै छ, र किम्मांथासम्म सडक जोडिन अझै केहि बर्ष लाग्छ । अहिलेसम्म पनि भोटखोला दुर्गम छ भने त्यति बेलाको भोटखोला कति दुर्गम थियो कल्पना गर्न सकीन्छ ।
भोटखोलामा पढ््ने लेख्नेको त परैको कुरा हो । उन्ले दुखसुख ६कक्षासम्म पढ्न भ्याए । र बीचैमा छाडे । चौरी चराउने र खाद्यान्न लिन ओहोरदोहोर गर्दे उन्का दिनहरु बित्दथे । तिनै भोटेले अहिले देश बिदेशमा पर्यटन व्यवसायलाई फराकीलो बनाएकाछन् । ज्याम्चाङका बुबा पनि पर्यटनमा रुची राख्ने भएकाले उन्ले पनि गाउँमा बिदेशी पर्यटकको भारि बोक्न थाले । भरियाबाट सुरु भएको उन्को यो पेशा अहिले भोटखोलाबाट देशबिदेशसम्म पुगेको छ । अनपढ भएका कारण उन्लाई सुरुका दिन निकै कठिन पनि भए । सबै भन्दा ठुलो कुरा शिक्षा नै रहेछ भन्ने उन्लाई छाप परेको छ । त्यहि भएर उन्ले पर्यटनको अफ सिजनमा अग्रेजी भाषा सिके झण्डै सात आठ बर्ष । भरिया बन्दै सिकेको भाषाले अहिले उन्लाई सजिलो भएको छ, र त यो ठाउँमा आई पुगेकाछन् ।
शुरुमा औलामा गन्न सक्ने अर्थात थोरै पर्यटक नेपाल घुम्न आउने गर्थे । तर, अहिले भने धेरै देशका पर्यटकले नेपालको प्रकृतिबारे जान्ने मौका पाएको उन्को भनाई छ । नेपालको प्रकृति र नेपालीको तारिफ गरे पनि बिदेशी पर्यटकले नेपालको सिस्टम चाहि त्यति मन पराउँदैनन् । नेपालको सिस्टममा उनीहरुको गुनासै गुनासो हुने गरेको छ । ठुलो त्रुटी काठमाडौ एयरपोर्टमा छ, उनी भन्छन् । बिदेशी पर्यटकलाई गरीने रुखो ब्यवहारले उनीहरुलाई लज्जीत बनाई राखेको हुन्छ । उनीहरु टेक्नीकल, शैक्षिक रुपमा नेपाली भन्दा धेरै माथि हुन्छन् । व्यक्तिगत रुपमा साथिभाईको व्यवहार भए पनि नेपाल र नेपालीलाई उनीहरुले गर्ने व्यवहार अलिक तलकै हुन्छ । र त्यस्तै सम्झन्छन् बिदेशीहरु । गाउँबाट शहर आउन अहिले पनि सजिलो छैन र त्यतिबेला त झन सोच्नसम्म पनि सकिदैन थियो । तर, दरै हिम्मत गरेर काठमाडौ छिरेका उन्ले धेरै संघर्ष र मेहनत गरेकाछन् । काठमाडौमा आफन्त नहुँदा धेरै दुख भोग्नु परेको उन्लाई मात्र थाह छ, की भगवान छन भने भगवानलाई थाह होला । बिगत सम्झदै उन्ले भने ।
उन्ले देश बिदेश गर्दे व्यक्तिगत रुपमै बर्षको सयौ पर्यटक नेपाल भित्र्याउँछन् । तर, सरकारी नीति र पर्यटन क्षेत्रलाई सरकारले हर्ने दृष्टिकोणमा सुधार नहुँदा नेपालमा सोचे जति पर्यटक नआएको उन्को भनाई छ । पछिल्लो समय नेपालमा आउने पर्यटकको संख्या बढ्दै गएको छ । आर्थिक क्षेत्रको मेरुदण्डको रुपमा रहेको यो क्षेत्रमा सुधारको आवश्यकता रहेको उन्को बुझाई छ । आठ पटक सगरमाथाको सफल आरोहण गरेका भोटेले सगरमाथा भन्दा कम उचाईका हिमाल पनि संगसंगै आरोहण गरेकाछन् । उन्ले आगामी दिनमा एशिया महादेशका सातवटा हिमाल आरोहण गर्ने लक्ष्य लिएकाछन् । हुन त मेहनतबाटै सबै कुरा प्राप्त हुन्छ । उनी काठमाडौ आएको झण्डै २५ बर्ष भयो । भरिया, कुकको सहयोगी, सहायक गाईड हुदै अहिले यसरी पर्यटन क्षेत्रमा छलाङ मारेका हुन् । तीन बर्ष त उन्को भरिया हुदैमा बित्यो । त्यसपछि सहायक गाईडमा प्रोमसन भयो । ट्रेकीङ गाईडको रुपमा रहदाँ उन्ले धेरै उद्धारका काम गरेकाछन् ।
२००२ बाट हिमाल आरोहण अभियान थालेका समाजसेवी भोटेले नेपालको पर्यटन क्षेत्र मध्य हिमाल अरोहणको भूमिका महत्वपूर्ण रहेको बताउछन् । हुन, त उन्ले यो पेशा थाल्दा १ सय ५० रुपैया उन्को दैनिक ज्याला थियो । तर, त्यति बेलाको समयमा पनि यसको महत्व त उती नै थियो । अहिले यो पेशामा प्रतिश्प्रधा छ । बजार सानो छ तर, कडा प्रतिश्प्रधा र मेहनत छ । शिप सबै भन्दा ठुलो भएकाले सिप हुने व्यक्तिलाई यो पेशामा टिक्न त्यति सजिलो नभएको उन्को अनुभव छ । तर, जे भए पनि भोटखोलाका यी ज्याम्चाङ भोटेकालागि बिगत जस्तो भए पनि अहिले जुन एक पछि अर्को सफलता हात पारी रहेकाछन् त्यसले भने उनी सन्तुष्ट छन् । भविश्यमा पर्यटन बाटै परिवर्तन र समाजिक काममा लागी रहने उन्को लक्ष्य छ । पछिल्लो समय हिमाल माथि मानविय अतिक्रमण बढेको ।
हिमाल सरसफाईमा ध्यान नपुगेको उन्को भनाई छ । हिमालले सबैलाई बचाई रहेको छ ,त्यसैले हिमाललाई बचाउने कर्तव्य भएको उन्को बुझाई छ । हिमाललाई बचाई रहे हामी सबै बाची रहन सक्ने उन्को भनाई छ । जलवायु परिवर्तनको असर हिमाल माथि पर्दा हिमाल ढुंगा र नाङ्गो डाडाँमा परिणत हुँदै जादा उन्लाई दुख लागेको छ । त्यसैले हिमाल बचाउँ अभियानमा सबै जुट्नु पर्ने उन्को भनाई छ ।