राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल खेल पर्यटनका लागि उर्वर भूमि भएको बताएका छन् । विश्व म्याराथनको साझा संस्था एशोेसिएसन अफ इन्टरनेशनल म्याराथन डिस्टेन्स रेस (एम्स)का पदाधिकारीहरूसँग आज शीतल निवासमा भएको भेटमा उनले उक्त कुरा बताएका हुन् ।

“सगरमाथाको काखमा साहसिक अल्ट्रा म्याराथनदेखि पश्चिम तराईको नेपालगञ्जसम्म लामो दूरीका दौड सफलतापूर्वक भइरहेका छन्, हाम्रो भौगोलिक विविधता सुहाउँदा दौडले पक्कै पनि खेल पर्यटनमा नयाँ सम्भावनाको ढोका खोलन सक्छ भन्ने मेरो विश्वास छ, यसमा एम्सजस्ता अन्तरराष्ट्रिय सङ्गठनले नेपालको खेल पर्यटनलाई प्रोत्साहन गरुन् भन्ने हाम्रो अपेक्षा छ”, राष्ट्रपति पौडेललाई उद्धृत गर्दै उनको निजी सचिवालयले जनाएको छ ।

उनले विश्वशान्ति, भ्रातृत्व र सद्भावका लागि खेलकुदको ठूलो महत्व रहेको बताउँदै त्यसमा पनि दौड संस्कृतिले स्वास्थ्य, स्वस्थ प्रतिस्पर्धा र समुन्नत समाजको निर्माणमा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

नेपालले पनि खेलकुद्को विकासका लागि प्रयत्न गरिरहेको र सरकारले खेलकुद क्षेत्रको विकासका लागि बर्सेनि लगानी बढाइरहेको जानकारी दिँदै उनले निजी क्षेत्रबाट पनि खेलकुदको विकासमा सहयोग भइरहेको बताए । एम्सको बोर्ड बैठकका लागि नेपाललाई छनोट गरिएकामा राष्ट्रपतिले कृतज्ञता ज्ञापन गरे ।रासस

आइतवार, २५ जेष्ठ, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !