यहाँको बारागुङ मुक्तिक्षेत्र–२ छेङ्गुरमा ‘हाइअल्टिच्युड खेल मैदान’ निर्माण थालनी गरिएको छ । यहाँ हाइअल्टिच्युड ट्रेनिङ सेन्टर निर्माण गर्ने गण्डकी प्रदेश सरकारको लक्ष्यअनुरुप प्रारम्भिक चरणमा खेल मैदान निर्माण थालनी गरिएको हो ।

सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत चालु आर्थिक वर्षमा विनियोजित रु ३० लाखमा खेलमैदान निर्माण सुरु गरिएको सामाजिक विकास कार्यालय मुस्ताङका प्रमुख निरपति दर्जीले जानकारी दिनुभयो । समुद्री सतहदेखि तीन हजार ९०० मिटर उचाइमा रहेको बारागुङ–२ छेङ्गुर गाउँ माथिको पाखोमा मैदान निर्माण सुरु भएको उहाँले बताउनुभयो । “चालु आवमा विनियोजित बजेटले स्थानीय उपभोक्ता समितिमार्फत खेलमैदान निर्माणको काम भएको हो”, कार्यालय प्रमुख दर्जीले भन्नुभयो, “सीमित बजेटमा यसपटक मैदानको जमिन सम्याउने, फिलिङ गर्ने, कटिङ गर्ने र ग्रेड मिलाउने काम सम्पन्न भएको छ ।”

उपभोक्ता समितिका सचिव गमबहादुर गुरुङले सीमित बजेटले प्रारम्भिक चरणका पूर्वाधार निर्माणअन्तर्गत फुटबल मैदान निर्माण भएको बताउनुभयो । “अब स्टेज, प्यारापिट, ड्रेन र रङरोगनलगायत काम बाँकी छन्”, उहाँले भन्नुभयो । स्थानीय धावा छिरिङ गुरुङले यहाँ सुविधासम्पन्न हाइअल्टिच्युड खेलमैदान निर्माण भएमा खेल पर्यटनको विकासमा ठूलो योगदान पुग्ने बताउनुभयो । गण्डकी प्रदेश सरकारले हाइअल्टिच्युड अन्तरराष्ट्रिय ट्रेनिक सेन्टर निर्माण गर्ने लक्ष्यअनुरुप खेल मैदान निर्माण प्रारम्भ गरेको र यसलाई पूर्णथता दिनुपर्ने उहाँको भनाइ छ ।

यहाँ नजिकै मुक्तिनाथ मन्दिर र अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत विश्वकै अग्लो उचाइमा रहेको भनिएको थोरङ्लापास यसै स्थान नजिकै रहेको छ । पछिल्लो सयम सडक यातायातको पहुँचसमेत भएकाले यहाँ अन्तरराष्ट्रिय हाइअल्टिच्युड ट्रेनिङ सेन्टर पूर्वाधार उपयुक्त भएको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष रिङजिन नामगेल गुरुङले उल्लेख गर्नुभयो । यहाँको पर्वतीय क्षेत्रमा सबै किसिमका खेलकुदको उपयुक्त प्रशिक्षण दिन सकिने र यसका लागि सरकारले छिटोभन्दा छिटो पूर्वाधार निर्माणमा जोड दिनुपर्ने उहाँको आग्रह छ ।

मुक्तिनाथ क्षेत्रमा अन्तरराष्ट्रिय हाइअल्टिच्युड ट्रेनिङ सेन्टर बनेमा मुस्ताङको मात्रै नभई समग्र गण्डकी प्रदेशकै खेल पर्यटनको विकास हुने जनप्रिय युवा क्लबका अध्यक्ष कैसाङ ठोक्या गुरुङले उल्लेख गर्नुभयो ।

प्रदेश सरकारले यहाँ ट्रेनिक सेन्टर निर्माणका लागि ५७० रोपनी जग्गा आफ्नो नाममा ल्याउने योजना बनाएको छ । त्यसका लागि आगामी आर्थिक वर्षको बजेटमा आवश्यक रकम विनियोजन गरिएको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सूचना अधिकारी अञ्जना शर्माले जानकारी दिनुभयो ।

सोमवार, ३० असार, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !