Trending
मोरक्कोलाई २–० ले हराउँदै साविक विजेता फ्रान्स कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
कतारको अल बायत रंगशालामा सम्पन्न खेलमा फ्रान्सलाई जित दिलाउन थियो हर्नान्डेज र कोलो मुआनीले गोल गरे ।
जितसँगै फ्रान्स विश्वकपको इतिहासमा लगातार दोस्रोपटक फाइनलमा प्रवेश गर्ने छैटौँ राष्ट्र बनेको छ ।
यसअघि विश्वकपको इतिहासमा ब्राजिल, इटाली, अर्जेन्टिना, नेदरल्यान्ड्स र जर्मनीले मात्र लगातार दुई पटक फाइनल खेलेका थिए ।
यसमध्ये ब्राजिल र जर्मनीले लगातार तीनपटक विश्वकपको फाइनल खेलेका छन् । हालसम्म इटाली र ब्राजिलमात्र विश्वकपको इतिहासमा लगातार दुईपटक उपाधि जित्ने टिम हुन् ।
यसपटक फ्रान्सलाई लगातार दुईपटक विश्वकपको उपाधि जित्ने मौका रहेको छ । आइतवार हुने फाइनल खेल अर्जेन्टिना र फ्रान्स दुबै टोलीका लागि इतिहासमा तेस्रो पटक विश्वकप जित्ने अवसर हुनेछ ।
अर्जेन्टिानले सन् १९७८ र १९८६ तथा फ्रान्सले सन् १९९८ र २०१८ को विश्वकप जितेका छन् । गएराति पराजित भएको टोली मोरक्कोको भने अफ्रिकी महादेशबाट पहिलो च्याम्पियन बन्ने सपना अुधरै रह्यो ।
सेमिफइनल प्रवेश गर्दा नैं उसले अफ्रिका र अरब देशहरुबाट त्यहाँसम्म पुग्ने पहिलो देशको किर्तीमान राखिसकेको थियो