विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अर्जेन्टिना र नेदरल्यान्ड्सको फुटबल टोलीलाई अनुशासनको कारबाही गर्ने भएको छ ।

कतार विश्वकपको क्वार्टरफाइनल खेलको दौरान अनुशासन उल्लंघन गरेको भन्दै फिफाले दुबै टोलीलाई जरिवाना तिराउने भएको हो । कारबाही स्वरुप दुबै टोलीलाई १६ हजार अमेरिकी डलरसम्म जरीवाना हुन सक्नेछ । तर खेलाडीहरुलाई भने प्रतिबन्ध नलगाइने फिफाले जनाएको छ । शुक्रवार राती भएको तनावपूर्ण खेलमा १७ वटा पहेंलो कार्ड देखाईएको थियो ।

नेदरल्याण्ड्सका डेन्जेल डम्फ्रीजले रातो कार्ड पाएको उक्त खेलमा नेदरल्याण्ड्स पेनाल्टी सुट आउटमा पराजित भएको थियो । खेलको अन्तिम समयमा नेदरल्यान्ड्सले गोल गर्दै खेल अतिरिक्त समयमा पु¥याएपछि अर्जेन्टिनाको बेन्चमा भएका खेलाडी मैदानमा प्रवेश गरेर विवादमा उत्रिएका थिए । यस्तै पेनाल्टी सुटआउटमा अर्जेन्टिना विजयी भएपछि पनि विवाद भएको थियो ।

फिफाले खेलाडीहरुलाई प्रतिबन्ध नलगाउने बताएसँगै अर्जेन्टिनालाई क्रोएसियाविरुद्धको सेमिफाइनल खेलपूर्व केही राहत महसुस भएको छ ।

नेदरल्याण्ड्स पराजित भएपछि उक्त टोलीका खेलाडीहरुलाई जिस्क्याएका अर्जेन्टाइनी खेलाडीहरु निकोलस ओटामेण्डी र लियान्द्रो परेदेशलाई फिफाले केही म्याचको प्रतिबन्ध लगाउनसक्ने अनुमान गरिएको थियो ।

 

 

 

सोमवार, २६ मंसिर, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !