कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ ।

गएराति क्वाटरफाइनलका दुई खेल सकिएसँगै विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको हो । गएराति भएको पहिलो खेलमा पोर्चुगललाई १–० गोलले हराउँदै मोरक्को सेमिफाइनलमा पुगेको हो भने दोस्रो खेलमा इङ्ग्ल्यान्डलाई फ्रान्सले २–१ गोलले हराउँदै सेमिफाइनलको यात्रा गरेको हो ।

साविक उपविजेता क्रोएसिया र अर्जेन्टिना यसअघि नै सेमिफाइनल पुगिसकेका छन् । अब पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिना र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल पर्सि राति १२ : ४५ मा हुनेछ । यस्तै दोस्रो सेमिफाइनलमा मोरक्को र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो सेमिफाइनल खेल आगामी बुधवार राति १२ : ४५ मा हुनेछ । सेमिफाइनलमा विजेता बनेका दुई टोलीले फाइनलमा स्थान बनाउने छन् । विश्वकप फुटबलको फाइनल खेल डिसेम्बर १८ मा राति ८ :४५ बजे सुरु हुनेछ ।

आइतवार, २५ मंसिर, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !