विश्वकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ ।

गएराति भएका खेलबाट पोर्चुगल र मोरोक्कोले अन्तिम आठमा स्थान बनाएसंगै क्वार्टर फाइनल समीकरण पूरा भएको हो । गएराती भएको पहिलो प्रिक्वार्टर फाइनल खेलमा मोरोक्कोले स्पेनलाई पेनाल्टी सुटआउटमा ३–० गोल अन्तरले हराउँदै क्वार्टरफाइनलमा पुगेको हो ।

मोरक्को विश्वकपमा पहिलो पटक क्वाटरफाइनलमा प्रवेश गरेको हो । कतारको दोहास्थित एजुकेसन सिटी स्टेडियममा निर्धारित ९० मिनेट र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा मोरक्कोका अब्देलहामिद सबिरी, हाकिम जिएच र अच्राफ हाकिमीले गोल गरे । बदर बेनोनको पेनाल्टी प्रहार भने स्पेनका गोलकिपर युनाई सिमोनले रोके ।

स्पेनका पाब्लो सराबिया, कार्लोस सोलेर र सर्जियो बुस्केट्स गोल गर्न असफल भए । सराबियाले पोस्टमा प्रहार गर्दा सोलेर र बुस्केट्सको प्रहार मोरक्कोका गोलकिपर यासिनले रोकेका थिए । मोरक्कोले अब क्वाटर फाइनलमा पोर्चुगलको सामना गर्नेछ । यस्तै गएराती भएको दोस्रो खेलमा स्वीजरल्याण्डलाई हराउँदै पोर्चुगल क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

लुसिल स्टेडियममा राती भएको खेलमा पोर्चुगलले स्वीजरल्याण्डलाई ६–१ गोल अन्तरले हराएको हो । पोर्चुगललाई जित दिलाउने क्रममा गोन्कालो रामोसले ह्याट्रिक गरेका थिए । पेपे, राफायल गुइरेरो र राफायल लियोले एक एक गोल गरेका थिए । स्विट्जरल्यान्डका मानुएल एकान्जीले एक गोल फर्काए ।

पोर्चुगलले अब क्वार्टरफाइनलमा मोरोक्कोसंग खेल्नेछ ।

बुधबार, २१ मंसिर, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान