अष्ट्रेलियामा जारी आठौं संस्करणको टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधिका लागि आज आइतबार पाकिस्तान र इंग्ल्यान्ड भिड्दैछन् ।

पाकिस्तान र इंग्ल्यान्डबीचको खेल मेलबर्न क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो पौने २ बजे सुरू हुनेछ ।

पाकिस्तान न्युजिल्याण्डलाई तथा इंग्ल्यान्ड भारतलाई हराउँदै फाइनलमा पुगेका थिए ।

बाबर आजमको नेतृत्वमा रहेको पाकिस्तान र जस बटलरको नेतृत्वमा भएको इंग्ल्यान्ड दोस्रो पटक टी–ट्वान्टी विश्वकप जित्ने दाउमा छन् ।

यी दुई टोलीबीच हालसम्म २८ टी–ट्वान्टी खेल भएकामा १८ खेलमा इंग्ल्यान्ड विजेता हुँदा ९ खेलमा पाकिस्तानले जितेको छ । एक खेल भने नतिजा विहीन भएको थियो । दुई देशबीचको पछिल्लो पाँच टी–ट्वान्टी खेलमा ३ खेलमा इंग्ल्यान्ड र २ मा पाकिस्तान विजयी भएको छ ।

पाकिस्तानले सन् २००९ को फाइनलमा पाकिस्तानले श्रीलंकालाई ८ विकेटले हराउँदै उपाधि जितेको थियो । यता इंग्ल्यान्डले २०१० को फाइनलमा अष्ट्रेलियालाई ७ विकेटले हराउँदै उपाधि जितेको थियो ।

आइतवार, २७ कार्तिक, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !