त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधिका लागि आज नेपाल र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा हुँदैछ ।

आयोजक नेपाल र पपुवा न्यूगिनीबीच त्रिवि क्रिकेट मैदानमा फाइनल खेल अपरान्ह १२ः३० बजे सुरु हुनेछ । आज दुबै टोली उपाधि माथि कब्जा जमाउने उद्देश्यका साथ मैदानमा उत्रदैछन् ।

नेपाल जारी सिरिजमा अपराजित रहदै फाइनल पुगेको हो । नेपालले ४ खेलमा ४ जित निकाल्दै शीर्ष स्थानमा रहेर फाइनल खेल्न लागेको हो । आज फाइनलमा पपुवा न्यूगिनीलाई हराउँदै नेपालले एकदिवसीय सिरिजको बदला लिने लक्ष्य लिएको छ ।

नेपालविरुद्धको दुई खेलको एकदिवसीय सिरिज पपुवा न्यूगिनीले २–० ले क्लिन स्विप गरेको थियो । पपुवा न्यूगिनीले आजको फाइनलमा उपविजेताको रुपमा खेल्न लागेको हो ।

४ खेलमा ३ मा पराजित र एकमा जित हात पार्दै पपुवा न्यूगिनी फाइलनमा पुगेको हो । चार खेलमा ३ मा पराजित र एकमा विजयी बनेको मलेशियालाई नेट रनरेटमा पछि पार्दै पपुवा न्यूगिनी फाइनलमा पुगेको हो ।

सोमवार, २१ चैत्र, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !