Trending
काठमाडौँ – करण केसीले टी–२० अन्तर्राष्ट्रियमा ५० विकेट पूरा गरेका छन् । कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाल, पपुवा न्युगिनी (पिएनजी) र मलेसियाबीचको त्रिकोणात्मक सिरिजका दौरान केसीले ५० विकेट पूरा गरेका हुन् ।
उनले बिहीबार पिएनजीविरूद्धको खेलमा ५० विकेट पूरा गरे । उनले ५० विकेट पूरा गर्ने क्रममा इनिङको चौथो बलमा पिएनजीका ओपनर लेगा सिएकालाई १ रनमा आसिफ शेखको हातबाट क्याच गराए ।
केसी टी–२० अन्तर्राष्ट्रियमा ५० विकेट पूरा गर्न दोस्रो खेलाडी हुन् । यसअघि कप्तान सन्दीप लामिछाने नेपालका लागि टी–२० अन्तर्राष्ट्रियमा ५० विकेट पूरा गर्ने पहिलो खेलाडी बनेका थिए ।