नेपाल, पपुवा न्यगिनी पीएनजी र मलेसिया सम्मिलित त्रिकोणत्मक टी–ट्वान्टी सिरिज आज काठमाडौंमा शुरु हुँदैछ।

सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्यगिनी पीएनजीसँग दिउँसो साढे १२ बजे त्रिवि क्रिकेट मैदानमा खेल्नेछ। टी–ट्वान्टी अन्तर्राष्ट्रियमा नेपाल र पीएनजीबीच १ पटक मात्र खेल भएको छ। आईसिसी टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गत पीएनजीसँग सन् २०१५ मा भएको खेलमा नेपाल ८ विकेटले पराजित भएको थियो।

७ वर्षपछि टी–ट्वान्टी खेल्न लाग्दा त्यस समय टोलीमा रहेका करण केसी र सोमपाल कामी मात्र यस पटक पनि पीएनजीविरुद्ध खेल्दैछन। सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले मलेसियासँग खेल्नेछ। मलेसियासँग अहिलेसम्म ६ खेल खेल्दा नेपालले ५ जित र १ हारको नतिजा निकालेको छ।

यस सिरिजका ३ टोली मध्ये आईसिसीको वरियताका आधारमा नेपाल बलियो देखिएको छ। पछिल्लो वरियतामा नेपाल १३ औं स्थानमा रहँदा पीएनजी १९ र मलेसिया ३३ औं स्थानमा छ।

घरेलु मैदानमा भएका टी–ट्वान्टी खेलमा राम्रो नतिजा निकालेको नेपालले यस सिरिजमा नयाँ खेलाडीलाई प्रयोग गर्ने लक्ष्य लिएको छ।

त्रिवि मैदानमा ८ टी–ट्वान्टी खेल्दा नेपालले ७ खेल जितेको छ । डबल राउण्ड रोबिनको आधारमा हुने सिरिज ३ वटै टोलीले २-२ खेल खेलेपछि अंक तालिकाको शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ ।

सोमवार, १४ चैत्र, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !