एजेन्सी । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) र युरोपियन फुटबलको सर्वोच्च निकाय (युइएफए)ले रुसलाई फुटबलमा प्रतिबन्ध लगाएको छ ।

रुसले युक्रेनमा आक्रमण गरेपछि युक्रेनी जनतासँग ऐक्यबद्धता जनाउदै फिफा र युइएफएले अर्को सुचना नआएसम्मको लागि रुसलाई प्रतिबन्ध लगाएको हो । फिफा र युईएफएले रुसको राष्ट्रिय टिमसँगै सबै क्लबलाई समेत सबैखाले प्रतियोगितामा प्रतिबन्ध गरेको छ ।

फिफाको यस निर्णयसँगै रुसले अर्को महिना हुने विश्वकप छनोटको प्लेअफमा पनि सहभागिता जनाउन पाउने छैन । रुसले विश्वकप छनोटको प्लेअफमा पोल्यान्डको सामना गर्ने तालिका रहेको थियो ।

यस्तै यूईएफएले यसअघि नै रुसमा हुने भनिएको च्याम्पियन्स लिगको फाइनल पेरिसमा सारिसकेको छ । यस्तै युरोपा लिगमा आरबी लाइप्जिग र रुसको स्पार्टाक मस्कोबीचको खेल पनि रद्ध हुने आँकलन गरिएको छ ।

मङ्लबार, १७ फाल्गुन, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !