सहिद स्मारक लिग ए डिभिजन फुटबल अन्तर्गत पाँचौं चरणको खेलहरु आजबाट सुरु हुँदैछ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा सातदोबाटो युथ क्लब र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ।

सातदोबाटो र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ।

अपराजित आर्मी ४ खेलमा २ मा जित र २ मा बराबरी खेल्दै ८ अंक सहित तालिकाको तेस्रो स्थानमा रहेको छ। सातदोबाटो युथ क्लब ७ अंकसहित तालिकाको ५ औं स्थानमा रहेको छ।

यस्तै, आजै हुने दोस्रो खेलमा साविक विजेता मच्छिन्द्र क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ। मच्छिन्द्र र संकटा क्लबबीचको खेल साँझ पौने ५ बजे सुरु हुनेछ।

संकटा ४ खेलमा २ मा जित र २ मा बराबरी खेल्दै ८ अंक सहित तालिकाको चौंथो स्थानमा रहेको छ। डिफेण्डिङ च्याम्पियन मच्छिन्द्र भने संकटालाई हराएर तालिकाको शीर्ष स्थानमा कायम रहने ध्याउन्नमा हुनेछ।

अपराजित रहेको मच्छिन्द्र ४ खेलमा ३ मा जित र एक बराबरी खेल्दै १० अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ।

शुक्रबार, २ पुस, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !