Trending
काठमाडौमा जारी ग्याल्पो ल्होसारको अवसरमा आयोजित संखुवासभाको भोटखोला गाउँपालिका स्तरिय महिला तथा पुरुष फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।
संघर्षसिल युथ क्लब सेक्सुमद्धारा आयोजित सात दिने खेलकुद प्रतियोगितमा पुरुष तर्फ चौबीस र महिला तर्फ सात टिमको सहभागिता थियो । काठमाडौको सिफल खेल मैदानमा सम्पन्न प्रतियोगितामा लालिगुरास युथ क्लब छुम्सुरले प्रथम स्थान हासिल गरेको छ ।

त्यसैगरी थाङ्गुछी बिकास समाजले दोस्रो स्थान प्राप्त गरेको छ । छुमसुरले एकका बिरुद्ध दुई गोल गरेको थियो । महिला तर्फ भने थाङ्छी बिकास समाजले पहिलो स्थान प्राप्त गरेको संघर्षसिल युथ क्लबका अध्यक्ष ठिलेन भोटेले जानकारी दिनुभयो । खेलकुदको समापनमा संखुवासभा क्षेत्र नम्बर एकका प्रदेश सभा सदस्य राजेन्द्र कार्कीले पुरस्कार प्रदान गर्दे खेल क्षेत्रको बिकासबाट मात्र सामाजिक परिवर्तन सम्भव हुने बताउनुभयो ।
साता व्यापी संखुवासभाको भोटखोला पालिकास्तरीय खेल प्रतियोगिताको संखुवासभाका सांसद दिपक खड्का र भोटखोला गाउँ पालिकाका अध्यक्ष वाङ छेदर लामाले उद्घाटन गर्नुभएको थियो । फुटबलमा पहिलो हुनेले ६० हजार रुपैया हात पारेको थियो । दोस्रोले ३२ हजार र तेस्रोले २२ हजार रुपैया हात पारेका थियो ।
लालिगुँरास युथ क्लबका खेलाडी तक्सिक भोटिया सार्वदिक गोल पुरस्कारबाट पुरस्कृत हुनु भएको खेल प्रतियोगिता संयोजक छितेन लिङ्बोले बताउनुभयो ।