file photo

चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा काँकडभिट्टा नाकाबाट सबैभन्दा बढी निर्यात हुनेमा अलैँची शीर्ष स्थानमा छ । कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार उक्त अवधिमा पाँच अर्ब ५३ करोड ३२ लाख ४९ हजार रुपैयाँको अलैँची भारततर्फ निर्यात भएको छ ।

कार्यालयका अनुसार उक्त अवधिमा एक अर्ब ८५ करोड ६२ लाख सात हजार रुपैयाँको चिया र ८३ करोड ७० लाख ८६ हजार रुपैयाँको प्लाइउड निर्यात भएको छ ।

साथै ४८ करोड ५२ लाख ७३ हजार रुपैयाँको छुर्पी, ४४ करोड ९९ लाख ११ हजार रुपैयाँको भेनियर सिट, ३७ करोड ४५ लाख ३८ हजार रुपैयाँको अदुवा र सुठो, ३० करोड ४१ लाख ४९ हजार रुपैयाँको अम्रिसो र ११ करोड ३१ लाख ९१ हजार रुपैयाँ मूल्य बराबरको काउली र बन्दागोपी निर्यात भएको छ ।

साथै, नौ करोड १२ लाख ८७ हजार रुपैयाँको मुसुरो र तीन करोड ७८ लाख ८३ हजार रुपैयाँ मूल्य बराबरको फलामे पाता पनि निर्यात भएको भन्सारले जनाएको छ ।

आइतवार, १३ पुस, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !