सरकारले काभा महिला राष्ट्रिय भलिबल लिगमा उपविजेता बनेका नेपाली खेलाडीहरूलाई जनही ३ लाख रुपैयाँ नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौंमा भएको उक्त प्रतियोगितामा नेपालका तर्फबाट खेल्ने १४ जना खेलाडीहरूलाई जनही ३ लाख रुपैयाँका दरले पुरस्कार तथा सम्मान प्रदान गर्ने निर्णय गरेको हो ।सरकारले राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ को नियम २८ बमोजिम काभा महिला राष्ट्रिय भलिबल लिगमा नेपालको तर्फबाट सहभागी खेलाडी १४ जनालाई जनही ३ लाख रुपैयाँले पुरस्कृत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

उनका अनुसार नेपाली टोलीका मुख्य प्रशिक्षक १ जनालाई दुई लाख, व्यवस्थापक , प्रशिक्षक र फिजियो गरी तीन जनालाई जनही १ लाख २० हजार रुपैयाँका दरले पुरस्कार तथा सम्मान वितरण गर्ने निर्णय भएको छ ।

शुक्रबार, ३२ साउन, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान