चार देशीय महिला टी–ट्वेन्टी सिरिजमा नेपाल तेस्रो बनेको छ। आज भएको खेलमा नेपालले जापानलाई ४५ रनले पराजित गरेको हो। हङकङ क्रिकेट क्लबको मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर एक सय १५ रन बनाएको थियो।

एक सय ११६ रनको विजयी लक्ष्यसहित ब्याटिङ गरेको जापानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ७० रन मात्र बनाउन सक्यो। जापानका लागि अकारी निसिमुराले २९ रन बनाइन भने हिनासी गोतोले १६ तथा अहिल्या चन्डलले ११ रन बनाइन्। जापानका अन्य ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन्।

जापानलाई सस्तैमा समेट्न खुशी राई, संगीता राई, इन्दू बर्मा र सीता रानामगर र सोनी पाख्रिनले एक एक विकेट लिए। त्यस अघि नेपालकी ओपनर पूजा महतोले उत्कृष्ट ब्याटिङ गर्दै सर्वाधिक ४३ रन जोडिन्। उनले ३ चौका प्रहार गरिन्। यस्तै रोमा थापाले २२ र रुबिना क्षेत्रीले २१ रन बनाइन्। कप्तान इन्दु बर्माले १२ रन बनाइन्। जापानकी अहिल्या चन्डल, एरिका तोगुची र आयुमी फुजिकावाले १–१ विकेट लिए।

नेपाल र जापानसहित आयोजक हङकङ र तान्जानिया सहभागी भएको सिरिजको सुरुवातका दुवै खेलमा नेपाल पराजित भएको थियो। यसअघि समूह चरणको अन्तिम खेलमा शनिबार नेपालले जापानलाई ६७ रनले पराजित गरेको थियो।

पहिलो खेलमा तान्जानियासँग २७ रनले पराजित नेपालले दोस्रो खेलमा आयोजक टोलीसँग ९ विकेटको हार ब्यहोरेको थियो। जापान समूह चरणका तीनवटै खेलमा पराजित भएको थियो ।

आजै पौने १२ बजे सुरु हुने फाइनल खेलमा तान्जानिया र हङकङ खेल्नेछन्। शनिबार भएको समूह चरणको अन्तिम खेलमा पनि यी दुई टिमले खेलेका थिए। उक्त खेलमा हङकङ १० विकेटले विजयी भएको थियो। महिला टी–२० सिरिजमा आयोजक हङकङसँगै नेपाल, तान्जानिया र जापान सहभागी छन्।

आइतवार, ३ मंसिर, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !