लाओसलाई पराजित गर्दै नेपाल फिफा विश्वकप–२०२६ को एसिया छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ । लाओसको भिएनतिएनेस्थित न्यु लाओस नेशनल स्टेडियको मैदानमा मंगलबार भएको दोस्रो खेलमा नेपालको तर्फबाट मनिष डाँगीले गरेको एक मात्र गोलले लाओसलाई १–० ले पराजित गर्दै समग्रमा २–१ ले विजयी भएको हो ।

मनिषले ५२औं मिनेटमा अन्जन विष्टको पासमा सिक्स यार्ड बक्सबाट वान टचमा गोल गरेका थिए । त्यसअघि पहिलो हाफमा दुवै टोलीले केही अवसर बनाएपनि फिनिसिङ गर्न नसक्दा अग्रता लिने अवसर गुमाएका थिए । यसअघि बिहीबार काठमाडौंको दशरथ रंगशालमा भएको पहिलो लेगको खेल १–१ को बराबरीमा सकिएको थियो । अब नेपालले छनोटको दोस्रो चरणमा समूह ‘जी’ मा यूएई, बहराइन र यमनसँग होम एण्ड अवे गरेर ६ खेल खेल्न पाउने छ । यसअघि नै भएको दोस्रो चरणको ड्र मा यस समूहमा युएई र बहराइन थिए ।

 

बुधबार, १ कार्तिक, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !