अष्ट्रेलियाको पर्थमा भएको विश्व अंग प्रत्यारोपण खेलकुद २०२३ मा नेपालको तर्फबाट सहभागी खेलाडीहरुले ३ रजत ४ कास्य पदक जितेर स्वदेश फर्केका छन्।
यही वैशाख २ गतेदेखि ८ गतेसम्म भएको प्रतिस्पर्धामा गीता श्रेष्ठले ३० देखि ३९ वर्ष उमेर समूहको हाइजम्पमा रजत पदक तथा ४ मिटर हाइजम्प र १०० मिटर दौडमा कास्य पदक प्राप्त गरेकी थिइन् ।
त्यस्तै विष्णुलाल श्रेष्ठले ५० देखि ५९ वर्ष समूहको हाइजम्पमा १ रजत एवं १०० मिटर दौड र लङजम्प गरी दुईवटा कास्यपदक जितेका छन्। असिम लम्सालले ८०० मिटर दौडमा रजत पदक जितेका छन्।
नेपाली खेलाडीले पर्थमा भएको अन्तर्राष्ट्रिय खेलकुदमा ७ वटा पदक हात पारेका हुन् । पर्थमा विश्वभरका ४८ देशबाट विभिन्न अङ्ग प्रत्यारोपण गरेका ३ हजार र अंगदान गर्ने १२ सयजना खेलाडीहरूको सहभागिता रहेको थियो । अर्को संस्करण २०२५ मा जर्मनीमा हुने भएको छ।