अष्ट्रेलियाको पर्थमा भएको विश्व अंग प्रत्यारोपण खेलकुद २०२३ मा नेपालको तर्फबाट सहभागी खेलाडीहरुले ३ रजत ४ कास्य पदक जितेर स्वदेश फर्केका छन्।

यही वैशाख २ गतेदेखि ८ गतेसम्म भएको प्रतिस्पर्धामा गीता श्रेष्ठले ३० देखि ३९ वर्ष उमेर समूहको हाइजम्पमा रजत पदक तथा ४ मिटर हाइजम्प र १०० मिटर दौडमा कास्य पदक प्राप्त गरेकी थिइन् ।

त्यस्तै विष्णुलाल श्रेष्ठले ५० देखि ५९ वर्ष समूहको हाइजम्पमा १ रजत एवं १०० मिटर दौड र लङजम्प गरी दुईवटा कास्यपदक जितेका छन्। असिम लम्सालले ८०० मिटर दौडमा रजत पदक जितेका छन्।

नेपाली खेलाडीले पर्थमा भएको अन्तर्राष्ट्रिय खेलकुदमा ७ वटा पदक हात पारेका हुन् । पर्थमा विश्वभरका ४८ देशबाट विभिन्न अङ्ग प्रत्यारोपण गरेका ३ हजार र अंगदान गर्ने १२ सयजना खेलाडीहरूको सहभागिता रहेको थियो । अर्को संस्करण २०२५ मा जर्मनीमा हुने भएको छ।

सोमवार, ११ बैशाख, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !