file photo

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले खेलकुदले व्यक्तिलाई शारीरिक र मानसिक स्वस्थ बनाउने मात्र होइन, असल राजनीतिक संस्कार सिकाउने बताउनु भएको छ ।उहाँले विपक्षीसँग कसरी मित्रवत बन्ने र स्वस्थ प्रतिस्पर्धामा उत्रेर श्रेष्ठता हासिल गर्ने भन्ने खेलविधि राजनीतिका लागि समेत सर्वोकृष्ट रहने  बताउनुभयो ।

लुम्बिनीमा बिहीबार आयोजित मदन भण्डारी स्पोर्टस् एकेडेमीको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले खेलकुदलाई बृहत्‌रुपमा बुझ्न र सबैका लागि खेलकुदको अवधारणालाई कार्यान्वयन लैजान आग्रह गर्नुभयो । ‘खेलकुदले व्यक्तिलाई स्वस्थ र प्रतिस्पर्धी बनाउँछ । प्रतिस्पर्धाका आधारमा श्रेष्ठता हासिल गर्ने विधि सिकाउँछ,’ ओलीले भन्नुभयो, ‘यसैले खेल व्यक्ति(व्यक्तिले खेल्न र स्वस्थ प्रतिस्पर्धामा उत्रने बानीको विकास गर्न आवश्यक छ ।’

उहाँले खेलकुदले इज्जत, प्रतिष्ठा, राष्ट्रिय पहिचान र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा समेत भूमिका खेलेको भन्दै अब संमृद्धिका लागि पनि खेल आवश्यक रहेको बताउनुभयो ।

अध्यक्ष ओलीले खेलसम्बद्ध संस्थाहरुले ग्रासरुटबाट खेलाडी उत्पादन गर्ने अभियान थाल्नुपर्ने बताउनुभयो । त्यस्तो अभियानको थालनी मदन भण्डारी स्पोर्टस् एकेडेमीबाट भएको बताउँदै यसलाई अझ विस्तार गर्न सुझाव दिनुभयो । आफूले खेल विकास र पूर्वाधार निर्माणलाई सधै प्राथमिकता दिएको भन्दै खेल सम्बद्ध संस्थाहरुले पनि राज्यलाई झकझकाउनु पर्ने बताउनुभयो ।

 

 

 

बिहिबार, २३ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे