बागमती प्रदेश सरकारले विश्वकप क्रिकेट छनोट भएको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई जनही एक लाख रुपियाँ दिने भएको छ।

प्रदेश सरकारले क्रिकेट खेलमार्फत् देशको गौरव बढाउन योगदान पुर्‍याएको भन्दै विश्वकप छनोटमा पुगेका खेलाडीलाई एक लाख रुपियाँसहित सम्मान गर्ने निर्णय गरेको हो।

प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले प्रदेश सरकारले प्रोत्साहन स्वरुप खेलाडीलाई जनही एक लाख रुपियाँ प्रदान गर्न लागेको जानकारी दिनुभयो।

यसअघि संघीय सरकारले राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सम्मानसहित जनही तीन लाख दिने घोषणा गरेको छ। आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गत बिहीबार भएको अन्तिम खेलमा यूएईलाई नौ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो।

शुक्रबार, ३ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !