चैत दोस्रो साता चौथो संस्करणको वीर गणेशमान सिंह १० के रोड रेस तथा चैत तेस्रो साता बक्सिङ प्रतियोगिता हुने भएको छ ।

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीले काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गरी राष्ट्रिय स्तरको दुई प्रतियोगिताका लागि मिति सार्वजनिक गरेको हो ।

स्पोर्ट्स कमिटीले वीर गणेशमान सिंह चौथो संस्करणको १० के रोड रेस चैत ११ गते र बक्सिङ चैत २१ देखि २५ गतेसम्म आयोजना गर्ने जनाएको हो ।

रोड रेस दरबारमार्गस्थित शेर्पा मलबाट सुरु हुने छ । रोड रेसमा महिला र पुरुषतर्फ गरी दुवै स्पर्धामा प्रतिष्पर्धा हुने छ । प्रतियोगितामा खेलाडीले सहभागिता संख्या भने अर्को पत्रकार सम्मेलनमा जानकारी दिने आयोजकले जानकारी दियो ।

प्रतियोगिताको विजेताले महिला पुरुष विजेताले ६० हजार, उपविजेताले ३० हजार र तेस्रोले १५ हजार पाउने छन् । चौथोले १० हजार र पाँचौंले ५ हजार पाउने छन् । यस्तै, रोड रेसमा कीर्तिमान बनाउनेले १० हजार पाउने छन् ।

यस्तै, चैत २१ देखि २५ सम्म बक्सिङ प्रतियोगिता आयोजना हुने जनाएको छ । बसन्तपुर डबलीमा आयोजना हुने बक्सिङमा महिला र पुरुष गरी ६/६ तौल समूहमा प्रतिष्पर्धा हुने आयोजकले जानकारी दियो । बक्सिङमा पहिलो हुनेले २५ हजार, दोस्रोले १५ हजार र तेस्रोले समान ७ हजार ५ सय पाउने छन् । प्रतियोगिताको खर्च ४५ लाख रुपैयाँ हुने अनुमान गरिएको छ ।

सोमवार, २९ फाल्गुन, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !