Trending
नेपालस्थित पाकीस्तानी दुतावासले आज आठौं मैत्रीपूर्ण नेपाल–पाकीस्तान फ्रेण्डसिप टी–२० क्रिकेट प्रतियोगिता आयोजना गरेको छ । काठमाडौमा एक समारोहकाबीच क्रिकेट प्रतियोगिताको उद्घाटन गरीएको छ ।
क्रिकेट प्रतियोगितामा पूर्व उपप्रधानमन्त्री सीपी मैनालीले क्रिकेटले नेपाल र पाकीस्ताबीचको आपसी सम्बन्धलाई थप कसीलो बनाउदै लगेको बताउनुभयो । उहाँले पाकीस्तानले बर्षेनी आयोजना गर्दे आएको क्रिकेट मैत्रीपूर्ण खेलले नेपाल र पाकीस्ताका जनताबीचको सम्बन्धलाई थप उचाई प्रदान गरेको बताउनुभयो ।
क्यानका पूर्व अध्यक्ष बिनयराज पाण्डेले क्रिकेट खेल मात्र नभई दुई देशको सम्बन्ध बलियो बनाउने एउटा माध्यम भएको बताउनुभयो । उहाँले नेपालको क्रिकेट खेलमा पाकीस्तान दुतावासले पुर्याएका सहयोगको प्रशंसा गर्दे आगामी दिनमा समेत यसको निरन्तरता आवश्यक रहेकोमा जोड दिनुभयो ।
चार्ज डी अफेर्यस ( आई.ए.) अमिर अलीले नेपालमा क्रिकेट खेलको महत्व र क्रेजको बारेमा प्रकाश पार्नु भएको थियो । क्रिकेट खेलमात्र नभई दुईदेशको सेवालाई जोड्ने एउटा कडी भएको बताउनुभयो ।
उहाँले पाकीस्तान र नेपालबीचको सम्बन्ध थप समधुर हुने बिश्वास गर्दे क्रिकेट सफल पार्न पुर्याएको योगदानप्रति धन्यवाद दिनुभयो । क्रिकेट प्रतियोगिता नौ दिनसम्म चल्ने छ ।