बंगलादेशमा हुने साफ यू–१७ महिला च्याम्पियनसिपका लागि नेपाली यू–१७ राष्ट्रिय महिला टिमको घोषणा भएको छ ।

नेपाली टिमको मुख्य प्रशिक्षक भगवती रानामगरले च्याम्पियनसिपका लागि २० सदस्यीय टोलीको घोषणा गरेकी हुन् । रानामगरकै प्रशिक्षणमा नेपाली यू–१५ महिला टिमले बंगलादेशमै भएको साफ यू–१५ महिला च्याम्पियनसिपको उपाधि जितेको थियो ।

साफले यूइएफए असिस्ट प्रोग्रामअन्तर्गत रहेर यू–१७ महिला च्याम्पियनसिप आयोजना गर्न लागेको हो । च्याम्पियनसिपमा दक्षिण एसियाका मुलुकबाहेक रुसको पनि सहभागिता रहने छ ।

च्याम्पियनसिप बंगलादेशमा २० मार्चदेखि ३० मार्चसम्म हुने तालिका छ ।

सार्वजनिक तालिकाअनुसार नेपालले पहिलो खेलमा मार्च २० मा भारतविरुद्ध खेल्नेछ । यस्तै, दोस्रो खेलमा नेपालले मार्च २२ मा भुटानविरुद्ध खेल्नेछ । मार्च २६ मा नेपालले रूससँग र मार्च २८ बंगलादेशविरुद्ध च्याम्पियनसिपको अन्तिम खेल खेल्ने छ ।

नेपाली टिम :

गोलकिपर : सुजाता तामाङ, राधिका ओली, करुण बुढाथोकी

रक्षक : अञ्जना पुनमगर, प्रेना डोल्मा लामा, सीता रोकाया, अमिता भुल, सिम्रन राई, विपना स्नेही, रेनु लिम्बु चबेगु

मिडफिल्डर : माया मास्के, दीपा मगर, सुशिला केसी, झुमा विश्वकर्मा, शुक्रिया मियाँ, भावना परियार, पुनम चेम्जोङ

फरवार्ड : दीपा रोकाया, वर्षा ओली, सेनु परियार

बुधबार, २४ फाल्गुन, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !