प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले आइसिसी विश्वकप लिगका विजेता खेलाडीलाई प्रतिव्यक्ति दुई लाख रुपैयाँ पुरस्कार दिने घोषणा गर्नुभएको छ।

बुधबार दिउँसो विजेता खेलाडीहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले बधाई दिनुका साथै पुरस्कारसमेत दिने घोषणा गर्नुभएको हो । खेलाडीहरूलाई बधाई दिँदै प्रधानमन्त्रीले भन्नुभयो, “सर्वप्रथम इतिहास रच्नुभएकोमा तपाईँहरूलाई बधाई छ। तपाईँहरूले नयाँ रेकर्ड बनाउनुभएको छ, इतिहास रच्नुभएको छ। चार खेलमा पूरै विजय हासिल गरेर क्लिनस्वीप गर्नुभएको छ। यो देशकै गौरव हो।”

प्रधानमन्त्रीले भन्नुभयो, “तपाईँको कारण देशकै गौरव र प्रतिष्ठा बढेको छ। म सबै नेपालीहरूको तर्फबाट तपाईँहरूलाई हार्दिक बधाई ज्ञापन गर्दछु । तपाईँहरूलाई फेरि पनि सफलता मिलोस्। आउने प्रतिस्पर्धाका लागि शुभकामना छ। तपाईँहरूलाई प्रेरणा मिलोस् भनेर मैले नेपाल सरकारको तर्फबाट प्रतिखेलाडी २ लाख पुरस्कार दिने घोषणा गर्दछु।”

“पहिला पहिला खेल जीवनका लागि, अनुशासनका लागि भनिन्थ्यो, अहिले त्यस्तो छैन” प्रधानमन्त्रीले भन्नुभयो, “अब खेल देशका लागि भएको छ, अर्थतन्त्रको उत्थानका लागि भएको छ, राष्ट्रिय प्रतिष्ठाका लागि भएको छ, कूटनीतिक उचाइका लागि पनि भएको छ। तसर्थ, खेल क्षेत्रलाई सामान्य आँखा हेर्नु देशकै लागि गल्ती हुन जान्छ।”

“सरकारमा हुँदा होस् वा नहुँदा होस्, म सधैँ तपाईँहरूको साथमा छु। खेल क्षेत्रका समस्या समाधान गर्न लगातार सहकार्य गरिरहेको छु” प्रधानमन्त्रीले भन्नुभयो, “छोटो समयमै नेपाली क्रिकेटले जुन सफलता हासिल गरेको छ, त्यसले मलाई पनि राजनीतिमा प्रेरणा दिँदै आएको छ।”

सो अवसरमा खेलाडीहरूले लिग चलिरहेकै बेला प्रधानमन्त्रीले आफूलाई हौसला दिएकोमा धन्यवाद दिँदै नेपाली खेलाडीहरूले वास्तविक अभिभावक पाएको भन्दै खुसी व्यक्त गर्नुभयो ।

 

बिहिबार, ११ फाल्गुन, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !