Trending
काठमाडौंमा म्याराथन प्रतियोगिता हुने भएको छ । दिलकुमारी केसी स्मृति प्रतिष्ठान, कान्ति सांस्कृतिक केन्द्र, रिभल इभेन्ट्स र नेपाल कलाकार संघको संयुक्त आयोजनामा ३ कि.मी हाफ म्याराथन २०२३ हुन लागेको हो ।
वातावरणका लागि म्याराथन नारासहित हुन लागेको प्रतियोगितामा चर्चित कलाकारहरु,चलचित्रकर्मी, सञ्चारकर्मी, गायकगायीकाको सहभागिता रहने आयोजकले जनाएको छ ।
फिल्म, आर्टिस्ट, सेलीब्रेटी रोड रेस नाम दिईएको प्रतियोगिता यहि माघ १४ गते बिहान ७ः३० देखि हुने भएको हो । म्याराथन राष्ट्रपति कार्यालय शितल निवास अगाडी कान्ति कल्चर सेन्टरबाट सुरु हुने दिलकुमारी केसी स्मृति प्रतिष्ठानकी अध्यक्ष उषा कार्कीले जानकारी दिनुभयो ।
वातावरण जोगाउन र जलवायु परिवर्तनको बिश्वब्यापी रुपमा देखिएको असर न्यूनिकरण सम्बन्धि जनचेतना जगाउने उद्धेश्यले हाफ म्याराथन गर्न लागिएको हो । म्यारथनको एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्नु हुने भएको छ ।
जनचेतामुलक हाफ म्यारथन प्रत्येक बर्ष हुने बताईएको छ ।