????????????????????????????????????

 

गुल्मीमा दोस्रो जिल्ला स्तरीय आईटिएफ तेक्वान्दो प्रतियोगिता हुने भएको छ । आईटिएफ तेक्वान्दो सङ्घ गुल्मी र रेसुङ्गा आईटिएफ तेक्वान्दो डोजाङ्गको आयोजनामा यही पुस ३० गते दोस्रो जिल्ला स्तरीय आईटिएफ तेक्वान्दो प्रतियोगिता हुने भएको सङ्घका अध्यक्ष वीरेन्द्र कुँवरले जानकारी दिनुभयो ।

आईटिएफ तेक्वान्दो सङ्घ गुल्मीका अध्यक्ष कुँवरका अनुसार जिल्ला खेलकुद विकास समिति गुल्मीको कभर्ड हलमा प्रतियोगिता हुने भएको हो । यस जिल्लामा रहेका करिब नौ वटा डोजाङ्गबाट २२० जना खेलाडी सहभागी हुनेछन् । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेले स्वर्ण, रजत र कांस्य पदक प्राप्त गर्नेछन् ।

प्रतियोगिताबाट १८ जनाले स्वर्ण पदक, १८ जनाले रजत पदक र ३६ जनाले कांस्य पदक प्राप्त गर्नेछन् । प्रतियोगिताबाट एक÷एक जना पुरुष र महिला उत्कृष्ट खेलाडीलाई सम्मान गरिनेछ । प्रतियोगितामा २० केजी मुनीका खेलाडीहरू पनि सहभागी हुने रेसुङ्गा आईटिएफ तेक्वान्दो डोजाङ्गका प्रमुख प्रशिक्षक सागर मल्लले जानकारी दिनुभयो ।

शनिबार, २३ पुस, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !