संखुवासभाको खराङमा तेस्रो मिनि खेलकुद महोत्सव २०७९ हुने भएको छ ।

खेलकुद महोत्सवबारे जानकारी दिन आज काठमाडौमा आयोजित पत्रकार सम्मेलनमा आयोजक श्री किरण ज्योति युवा क्लवले युवाहरुलाई खेलकुद क्षेत्रमा सहभागि गराउँदै खेलकुद क्षेत्रको विकासकोलागि महोत्सव गर्न लागेको जनाएको छ । स्वास्थ्यकोलागि खेलकुद आवश्यक भएको भन्दै क्लबले बर्षेनी खेलकुदको आयोजना गर्दे आएको छ ।

यस पटक पनि माघे संक्रान्तिको अवसरमा तेस्रो मिनि खेलकुद महोत्सव २०७९ को आयोजना गर्नलागिएको क्लबका अध्यक्षले जानकारी दिनुभयो । आमन्त्रित प्रथम स्व. सुर्य बहादुर सोम्याहाङ्ग स्मृति कप पुरुष नकआउट फुटबल प्रतियोगिताको राशि प्रथम पुरस्कार १ लाख ११ हजार १ सय ११ रुपैया, दोस्रो ६६ हजार ६ सय ६६, सान्त्वना पुरस्कार दुई टिमलाई २२ हजार २ सय २२ रुपेया गरी ४४ हजार ४ सय ४४ रुपैया रहेको छ ।

त्यसैगरी आमन्त्रित महिला फुटबल प्रतियोगिता प्रथम ३३ हजार ३ सय ३३ रुपैया,दोस्रो २२ हजार २ सय २२ र सान्त्वना दुई टिमलाई ५ हजार गरी दश हजार रुपैया रहेको छ । युवा क्लवले खुल्ला जातजातिहरुको सामुहिक झाँकी प्रतियोगितासमेत आयोजना गरेको जनाएको छ ।

झाँकीमा प्रथम हुनेलाई दश हजार रुपैया, दोस्रोलाई ५ हजार रुपैया र सहभागि सबै टिमलाई सान्त्वना पुरस्कार दिने क्लबले जनाएको छ । उत्कृष्ट खेलाडीलाई आकर्षक पुरस्कारको व्यवस्थासमेत गरीएको आयोजक कल्बका अध्यक्षले जानकारी दिनुभयो ।

सोम्याहाङ्ग स्मृति कपमा सहभागि आठ टिम मध्य दुई टिम जिल्ला बाहिर र ६ टिम जिल्लाबाटै सहभागि हुने जनाईएको छ । त्यसैगरी महिला फुटबलमा जिल्ला भित्रबाटै ४ टिमको सहभागिता हुने आयोजक क्लबले जनाएको छ ।

 

आइतवार, ३ पुस, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान